Advertisement
SKIP THIS
रिहा पछि रेशम चौधरी टीकापुर पुग्दै

टीकापुर:बहुचर्चित टीकापुर घटनाका मुख्य अभियुक्त भनिएका रेशमलाल चौधरी जेलबाट छुटे लगत्तै आज टीकापुर आउने भएका छन् । नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरीले राष्ट्रपतिबाट आममाफी पाएपछि आजै जेलबाट छुटेर टीकापुर आउने भएका हुन् ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं मन्त्री रञ्जिता श्रेष्ठका स्वकीय सचिव रमेश विश्वकर्माले नेपालगञ्ज हुँदै चौधरी आज ३ बजेसम्म टीकापुर पुग्ने कार्यक्रम रहेको बताए ।

दिउँसो ३ बजेसम्म टीकापुर पुग्ने कार्यक्रम रहेको छ’ विश्वकर्माले भने ‘उनलाई स्वागत गर्न टीकापुरमा पार्टी सम्बद्ध कार्यकर्ता भेला हँुदै छन् ।’

२०७४ को संघीय निर्वाचनमा भूमिगत रुपमा निर्वाचित भएका चौधरी डिल्लीबजार कारागारबाट आज विहान छुटेका हुन् ।

टीकापुर घटनामा दोषी ठहर भई कैद सजाय भोगिरहेका पूर्वसांसद चौधरीसहित विभिन्न मुद्दाका १९ जना बन्दीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतवार आम माफी दिएपछि उनी रिहा भएका हुन् ।

राष्ट्रपतिले थप ४ शय ८२ जना कैदी बन्दीको सजाय पनि मिनाहा गरेका छन् । टीकापुर घटनामा भने चौधरीलाई मात्रै माफी दिइएको छ ।

तपाईको प्रतिक्रिया