Advertisement
SKIP THIS
प्रेस युनियनको ३२ औं स्थापना दिवस :अछाममा विरामीलाई फलफुल वितरण

अछाम: नेपाल प्रेस युनियन जिल्ला शाखा अछामले विरामीलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको छ । प्रेस युुनियन अछामले जिल्ला अस्पताल अछाममा  उपचारत २५ जना विरामीहरुलाई फलफुल वितरण गरेर प्रेस युनियनको ३२ औं स्थापना दिवस मनाएको हो ।

अस्पतालमा उपचाररत बिरामीहरुलाई सिघ्र स्वास्थ्य लाभको कामना सहित बिरामिहरुलाई सान्त्वना होस् भन्ने उदेश्य साथ फलफुल बितरण गरि युनियनको जन्म उत्सव मनाईएको हो ।

जिल्ला शाखा अछामक अध्यक्ष टंक प्रसाद रिमालको अध्यक्षतामा भएको कार्यक्रममा नेपालि काँग्रेस अछामका उपसभापति नयाँराम बजगाइ प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेसका महासमिति सदस्य पदमराज अधिकारी ,नेपाल प्रेस युनियन केन्द्रीय सदस्य सुशील भण्डारी विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा अन्य अतिथि नेपाल प्रेस युनियन सुदुरपश्चिम प्रदेश कार्यसमिति उपाध्यक्ष गिता कुवर,नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्री ,जिपि कोइराला फाउन्डेसन अछामका अध्यक्ष यज्ञ ढुंगाना ,निजामती कर्मचारी युनियन अछामका अध्यक्ष झपट ढुंगाना , प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य शिवराज ढुंगाना लगायतको उपस्तिथि रहेको थियो ।

२०४८ साल जेठ १३ गते जय प्रकाश प्रसाद गुप्ताको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरि नेपाल प्रेस युनियनको जन्म भएको हो । अन्तराष्ट्रिय पत्रकार महासंघ को नेपाल बाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था नेपाल प्रेस युनियन हो ।

तपाईको प्रतिक्रिया