Advertisement
SKIP THIS
अल्पमतमा मेयर:फेसबुक लाईभ गर्ने भनेपछि बैठकमै आएनन् कार्यपालिका सदस्यहरु

अछाम : अछामको कमलबजार नगर कार्यपालिकाको बैठक स्थगित भएको छ । विविध बिषयमा महत्वपूर्ण छलपल गर्ने उदेश्यले आज शुक्रबार बोलाएको कमलबजार नगरपालिका नगर कार्य पालिकाको बैठक स्थगित भएको हो ।

सामाजिक संजालमा प्रत्यक्ष प्रसारण गर्ने भनिएको बैठकमा बिभिन्न वडाका वडा अध्यक्ष लगायत अन्य कार्यपालिका सदस्यको अनुपस्थितीको कारण बैठक बस्न नसकेको नगर प्रमुख यज्ञ प्रसाद ढकालले बताए ।

कार्यपालिका सदस्यहरुलाई समयमै जानकारी गराउदा पनि वडा अध्यक्ष तथा अन्य कार्यपालिका सदस्यहरुको अनुपस्थितीका कारण बैठक स्थगन गरिएको नगर प्रमुख ढकालले बताए ।

“वडा अध्यक्ष बाट बैठक लाईभ गर्ने भए हामी आउदैनौ, भन्ने खालको अपुष्ट खबर आएको छ, त्यस बाहेक मलाई केहि जानकारी छैन्,” नगर प्रमुख ढकाल भन्नुभयो ।
निर्वार्चित भएको १ बर्षको अवधीमा वडा अध्यक्ष लगायत कार्यपालिका सदस्यहरु संग मिलेर जाने अधिकतम प्रयास गरे पनि सफल नभएको बताए ।

कार्यपालिकाले गरेका निर्णयहरु आम जनताले सहजै जानकारी पाउन भन्ने भन्ने उद्यश्यले बैठकको लाईभ गर्ने कुरा गरेको बताउदै नगर प्रमुख ढकालले निर्धारीत समय बिहान ११ बजे भएको हुदा पनि १२ बजे सम्म पनि उपस्थित नभएपछि बैठक बस्न नसकेको उनले बताए ।पछि १ बजे तिर बैठक सञ्चालन गरौ भनेर कार्यपालिका सदस्यहरु आएका १२ बजे सम्म कुर्दा पनि कार्यपालिका सदस्य नआएपछि स्टाफ मिटिङ राखेको नगर प्रमुख ढकालले बताए ।

कमलबजार नगरपालिकाका प्रवत्ता समेत रहेका वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले वडा अध्यक्ष तथा कार्यापालिका साँझ पालिकाका उपस्थित रहदा समेत बैठक नवसेको सहमती नभएका कारण बैठक नबसेको बताए।कमलबजार नगरपालिकामा नेकपा एमालेको कार्यपालिका पूर्ण बहुमत रहेको छ।

तपाईको प्रतिक्रिया