Advertisement
SKIP THIS
अछाममा करेन्ट लागेर १ जनाको मृत्यु

निराकरण खबर अछाम:अछाममा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ। जिल्लाको मेल्लेख गाउँपालिका ४ कुसकोट सेलगाउँका ३१ बर्षिय सर्जन साउँदको बिधुतको लाईन जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।

मंगलबार गाउँको एक बिधालय लागि लाईन तान्ने क्रममा पोलमा चढेका साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयबाट घटना स्थलमा खटिएका प्रहरी निरीक्षक राजेन्द्र साउँदले जानकारी दिए।घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक साउँदले बताए ।

तपाईको प्रतिक्रिया