Advertisement
SKIP THIS
जबरजस्ती करणी आरोपमा उपप्राध्यापक पक्राउ

दाङः जबरजस्ती करणी आरोपमा उपप्राध्यापक पक्राउ परेका छन्। दाङको लमही नगरपालिका–५ रातोडाँडा निवासी शेषमणी गौतमलाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

आइतवार दिउँसो आफ्नै घरमा एक किशोरीलाई करणी गरेको आरोपमा प्रहरीले गौतमलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिए। किशोरीको जाहेरीका आधारमा घरबाटै नियन्त्रणमा लिइएको डिएसपी गौतमले बताए।

वडा प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान अघि बढेको छ। जिल्ला अदालबाट पाँच दिनको म्याद थप गरिएको छ। देउखुरी स्थित एक प्राविधिक क्याम्पसमा अध्ययनरत छात्रालाई जागिर लगाइदिने प्रलोभनमा पारेर करणी गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। गौतम देउखुरी बहुमुखी क्याम्पसको उपप्रध्यापक र पूर्व क्याम्पस प्रमुखको पदीय जिम्मेवारीमा रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया