डाेटी: साबुन बनाउने सीप विकास तालीमकाे दिपायल सिलगढी नगरपालिकाकामा सञ्चालन भएको छ।सोमबार नगर प्रमुख बाजि सिंह खड्का ‘विजय’ले उद्घाटन गरेका छन।
“सिप सिकाै स्वराेजगार वनाै,समृद्ध नेपालको बिकास गराै भन्ने मुल मर्मलाइ मध्यनजर गर्दै गरिवी निवारणका लागि लघु बिकाश कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ काे हलि खाेलामा सुरुवात गरिएकाे हाे ।
दिपायल सिलगढी नगरपालिका डाेटीकाे आयाेजनामा २०८० जेष्ठ ७ देखी जेष्ठ १३ गते सम्म एक हप्ते तालिममा वडाका १७ जना महिला र किसाेरी सहभागी रहने गरी उक्त कार्यक्रम संचालनमा रहेकाे छ ।
तालिमले वेराेजगार बसेका केहि गराै भन्ने उत्साहित व्याक्ति हरुलाई राेजगारीकाे मुलधारमा ल्याई समृद्ध नगरकाे बिकास गर्ने उद्देश्यले यस्ता सिपमुलक तालिम संचालन गरिएको नगर प्रमुख खड्का बताए ।
शिपले व्याक्तीलाई आत्मनिर्भर बनाउने र परिवारिक रुपमा पनि आर्थिक स्थिति बलियो भई नगरपालिका नै बलियो हुने भएकाले तपाइँ हरुले सिकेकाे सिपलाई व्यावसायिक रूपमा बजारीकरण गर्न आर्थिक अभावले अवराेध नहुने निर्धक्क भएर सिप सिक्न नगर प्रमुख खड्काले आग्रह गरे।
कार्यक्रमकाे सभाअध्यक्ष समेत रहनुभएका वडा नम्बर २ का वडाअध्यक्ष राजेन्द्र बहादुर खड्काले हामि राजनिति तपाइ जनताका हरुकाे सेवाकाे लागी भएकाले जनप्रतिनिधिको केहि स्वार्थ नभएको समाज राम्रो नगरपालिका लागिपरेको बताए ।
कार्यक्रमा बाेल्दै दिपायल सिलगढी नगरपालिका लघु उद्यम बिकास कार्यक्रम शाखा अधिकृत राज वहादुर खड्काले शाखाले यस्तै सिपमुलक कार्यक्रम पालिकाकाे सम्पुर्ण वडामा संचालन भैरहेका सिपलाई राम्रोसंग सिकेपछि अरु कार्यक्रम पनि लागु गर्न सजिलाे हुने सहभागी हरुलाइ वताए।
तालिम उद्घट्न कार्यक्रममा कार्यपालिका सदस्य कलावती कठायत,वडा सचिव बुद्धी सिं खड्का, वडा सदस्य हरु,स्वास्थ्य शाखा प्रमुख तेजबहादुर खड्का, तालिमका सहभागी हरु र पत्रकार समेतको उपस्थिति रहेको थियो।










