Advertisement
SKIP THIS
सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने नव नियुक्त सामाजिक विकास मन्त्री पहिलो निर्णय

धनगढीः  सुदुरपश्चिमका नव नियुक्त सामाजिक विकासमन्त्री झपट बहादुर साउँदले सुशासनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।

शनिबार प्रदेश प्रमुखबाट पद तथा गोपनियताको सपथ लिएलगत्तै सामाजिक विकास मन्त्रालयमा पदभार ग्रहण गरेका मन्त्री साउँदले उक्त कुरा बताएका हुन्। आफुले मन्त्रालयको नेतृत्व समाल्दै गर्दा सुशासनलाई पहिलो जोड दिने बताए। उनले भने– ‘जसरी यो देश आर्थिक अनयिमितता, भ्रष्टाचारमा गएको छ, त्यसरी नै सहि दिशामा ल्याउने पहिलो प्राथमिकता हो,सुशासनमा पहिलो जोड दिन्छु,’ उनले भने।

यो सँगै जनताका आधारभुत स्वास्थ्य सेवा, सामाजिक सेवा, जनताका नैर्सगिक अधिकारलाई ब्यवहारिक रुपमा लागूगर्ने र प्रदेश सरकारबाट लागु गराउने प्रतिबद्यता ब्यक्त गर्दछु।

तपाईको प्रतिक्रिया