Advertisement
SKIP THIS
अछामका झपट साँउद सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रीमा नियुक्त

निराकरण खबर अछाम :अछामका झपट साँउद मन्त्रीमा नियुक्त भएका छन।माओवादी केन्द्रबाट अछाम १ प्रदेश ‘ख’बाट निर्वाचित साउदलाई मुख्यमन्त्री कमल बहादुर शाहले सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका हुन।

यस्तै मुख्यमन्त्री शाहले पर्यटन, वन तथा वातावरण मन्त्रीमा माओवादी केन्द्रकै रमेश धामी, तथा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा माओवादी केन्द्रकै गितादेवी माल र नेपाली काँग्रेसबाट आन्तरिक मामिला तथा कानुन मन्त्रीमा पृथ्वीबहादुर सिंहलाई नियूक्त गरेका छन् ।

२०७९ माघ २६ गते मुख्यमन्त्रीमा नियूक्त भएका शाहले २७ गते दुई सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका थिए । यसअघि नेपाली कांग्रेसबाट भौतिक पुर्वाधार मन्त्रीमा कांग्रेसका प्रकाश देउवा र समाजबादीबाट नरेश शाहलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

दोस्रो पटक मन्त्री मण्डल बिस्तार गरेका शाहले अझै पनि मन्त्रीमण्डललाई पूर्णता दिन सकेका छैनन् ।नवनियूक्त मन्त्री तथा राज्यमन्त्रीले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको सपथ लिने तयारीमा छन् ।

तपाईको प्रतिक्रिया