Advertisement
SKIP THIS
शैक्षिक क्षेत्रको विकासका लागि अभिभावक, शिक्षक र विद्यार्थीबिच सुमधुर हुन पर्छ ,प्रदेश सभा सदस्य रावल

अछाम:सुदुरपश्चिम प्रदेश सभा सदस्य मान बहादुर रावलले शैक्षिक क्षेत्रको विकासका लागि त्रिपक्षीय सम्बन्ध हुनु पर्ने बताउनु भएको छ । अभिभावक, शिक्षक र विद्यार्थीबिच सुमधुर हुन सके मात्रै शिक्षा क्षेत्रमा उपलब्धी हासिल गर्न सकिने बताए । मंगला नेरा मावि मंगलसेन ९ वलिगाउले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा प्रमुख अतिथीको आशनबाट बोल्दै सांसद रावलले विद्यालय स्थापना कालदेखी योगदान गरेका व्यक्तिको योगदान भुल्न नहुने औँल्याए ।

हरेक क्षेत्रबाट मंगला स्कुललाई बनाउन सबैको योगदान रहेकाले आगामी दिनमा अझै व्यवस्थित बनाउदै लैजान सुझाव दिए । समग्र शिक्षा, स्वास्थ्य, बिकास निर्माणका क्षेत्रमा नियमित आफुले आवाज उठाउदै आएकाले विद्यालयका माग सम्बोधन गर्नका लागि प्रतिबद्ध रहेको बताए । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष भैरव सिंह बोहराले विद्यालयका समस्याका बारेमा हस्तान्तरण गर्नु भएको मागपत्र ग्रहण गर्दै विद्यालयको अवसर र समस्याको बारेमा पहिले देखि नै जानकार भएकाले सम्बन्धीत निकायमा समाधानका लागि पहल गर्ने बताए ।

कार्यक्रमका बिशिष्ट अतिथी समाजसेवी तथा बयोबृद्ध झपट बहादुर रावलले आफुले विद्यालयका लागि गरेको त्याग, तपस्याका कारण अहिले सबैले अवसर पाएका बताए । थुप्रै परिवर्तन भएसगै भौतीक संरचना विद्यालयमा क्रमिक रुपमा बनिरहेकाले हरेक शिक्षकलाई शैक्षिक गुणस्तरमा ध्यान दिन सुझाव दिए ।

तपाईको प्रतिक्रिया