Advertisement
SKIP THIS
साँफेबगर नगरपालीकामा शैक्षिक सुधारका लागी प्राधाध्यापक सँग ४२ बुदामा करार सम्झौता, बुदाँ सहित

तारामान खड्का अछाम:पछिल्लो समयमा सामुदायीक बिद्यायलको शैक्षिक गुणस्तर खस्कीदै जादाँ थालेपछि अछामको साँफेबगर नगरपालीकाले नगर भित्रका सामुदायीक बिद्यालयका प्रधानाध्यापक सँग बिभीन्न ४२ बुदामा करार सम्झौता गरिरहेको छ ।

विद्यालयको शैक्षिक उपलब्धी सुधारका लागि पाँच वर्षे विद्यालय सुधार योजना असार मसान्तसम्म निर्माण गर्ने, शैक्षिक सत्रको सुरु महिनामा शैक्षिक क्यालेण्डर र वार्षिक कार्ययोजना निर्माण गर्ने, शिक्षकहरुले वार्षिक शैक्षणिक योजना निर्माण गरी अध्ययन अध्यापन गर्ने करार सम्झौतामा गरिरहेको छ ।पछिल्लो समयमा नगर भित्रका सरकारी बिद्यालयको गुणस्तर खस्कीदै जानथाले पछि नगरपालीकाले नगर भित्रका ६४ सामुदायीक बिद्यालयका प्राधानाध्यापकसँग सम्झौता गरिरहेको छ । यो कार्य राम्रो भएको यसमा आफुहरुले पूर्ण सहयोग गर्ने प्रभाधमकोट माध्यमीक बिद्यालयका प्रधानाध्यापकले जोगराज कुँवरले बताए ।

नगरपालीकाले प्रधानाध्यापक सँग करार सम्झौता गरेपछि बिद्यालयमा प्रधानाध्यापक पुन ह शिक्षक सँग सम्झौता गर्नुपर्नेछ ।करार सम्झौतामा नगरपालीका बिद्यालय प्रशासन, बिद्यार्थी र अभिभावकलाई जिम्मेवारी बनाउन खोजिएकोले महेन्द्र माध्यमीक बिद्यालयका प्रधानाध्यापकले कालु सिहं बोहराले बताए । नगरपालीकाको शैक्षिक गुणस्तर सुधार गर्ने कदमलाई अभिभावकले समेत स्वागत योग्य काम भएको यसले गरिवका छोराछोरीले गुयस्तरिय शिक्षा पाउने अभिवाभक रत्ना रानामगरले बताईन ।

नगरपालीकाले विद्यालयको शैक्षिक उपलब्धी सुधारका लागि विद्यालयको दुरदृष्टि सहितको गुरुयोजना निर्माण तथा स्वीकृत गुरुयोजना कार्यन्वयन गर्ने र सोको आधारमा कम्तिमा पाँचवर्षे विद्यालय सुधार योजना चालु शैक्षिक सत्रको असार मसान्त सम्ममा निर्माण गर्ने र यसलाई प्रत्येक वर्ष अद्यावधिक गर्ने ,विद्यालय नियमित तथा व्यवस्थितरुपमा संचालन गर्न शैक्षिक सत्रको सुरु महिनामा शैक्षिक क्यालेण्डर र वार्षिक कार्य योजना निर्माण गरी बिद्यालय ब्यावस्थापन समितीद्वारा अनुमोदन गर्ने सिकाई उपलब्धीको लक्ष्यनिर्धारण गर्न लगाई कम्तिमावार्षिक ५ प्रतिशत सिकाई उपलब्धी वृद्विको सुनिश्चितता गर्नेु पर्नेछ लगायतका बुदाहरु रहेका साँफेबगर नगर प्रमुख राजेन्द्र कुँवरले बताए ।

नगरपालीकाले ४२ बुदे करार सम्झौता गरिरहदा १ बुदामा पनि जनप्रनिधी कर्मचारीका छोराछोरीलाई सामुदायीक बिद्यालयमा भर्ना गराउनु पर्ने भनेर अट्न सकेन ।सामुदायीक बिद्यालयको शैक्षीक गुणस्तरका लागी गर्न लागेको सम्झौता ५० प्रतिशत मात्रै लागु गरे शैक्षीक क्षेत्रमा महत्वपूर्ण सुधार हुनेछ ।अन्यथा प्रचार मुखी कर्मकाण्ड मात्रै देखिन्छ ।

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु सङ्ग

तपाईको प्रतिक्रिया