बिक्रम खड्का डाेटी:महिलाहरूका लागि प्रजनन् स्वास्थ्य सम्बन्धी एकिकृत निःशुल्क घुम्ति शिविर डोटीमा सञ्चालन गरिएको छ।
दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखा सिलगढी डाेटीकाे आयोजना तथा नेपाल परिवार नियोजन संघ डाेटीकाे प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो।
शिविर पालिकाकाे १ नम्वर वडामा रहेकाे नगर स्वास्थ्य केन्द्र सिर्खाेलिसैन बाट सुरुवात गरि विभिन्न वडाका स्वास्थ्य केन्द्रमा जेठ १४ गते सम्म संचालन हुने दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख तेज बहादुर खड्काले बताए ।
नगरपालिकाका बिभिन्न वडामा आफुभित्र रहेकाे पाठेघरको राेगहरु लुकाइ वसेका महिला दिदि वहिनी हरुकाे सिविर बाट सहज तरिकाले राेग पत्ता लागइ नि:शुल्क रुपमा अस्पताल सम्म पुर्याउने उद्देश्यले शिविर संचालनमा ल्याएको स्वास्थ्य शाखा प्रमुख खड्काले वताए ।
शिविरमा पाठेघर खसेका महिलाहरूको उपचार तथा स्क्रीनिंग,परिवार नियोजनको लामो अवधिको अस्थाई साधन सेवा,पाठेघरको मुखको सम्भावित क्यान्सर सम्बन्धि जाँच,यौन रोगको उपचार तथा परामर्श सेवा,गर्भवती महिलाहरूको लागि भिडियो एक्सरे सेवा महिलाहरूको जाँच तथा उपचार भईरहेको छ।
शिविरमा सुजुङ्ग अस्पताल राजपुरमा कार्यरत डाक्टर चेतन अवस्थीकाे नेतृत्वमा नेपाल परिवार नियोजन संघडाेटीकि निम्तित प्रमुख कृष्णा साउद,जिल्ला अस्पतालमा कार्यरत मिना बम र नगरपालिका स्वास्थ्य शाखामा कार्यरत सम्झना पछाइ, राजेश मालासीकाे टिमले सेवा प्रवाह गरिरहेको छ।
शिविरमा ५ आधारभूत स्वास्थ्य सेवा केन्द्र दिपायल ६ गते लडागडा स्वास्थ्य चौकी ७ गते तिखा स्वास्थ्य चौकी ८ खातीवडा स्वास्थ्य चौकी९ गते नगर स्वास्थ्य केन्द्र बाफि १० गते नगर स्वास्थ्य केन्द्र,नारीदाङ ११ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र पाकरी १२ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र, बागठाटा र १४ गते कलेना स्वास्थ्य चौकी संचालमा रहने स्वास्थ्य शाखा प्रमुख खड्काले बताए।










