Advertisement
SKIP THIS
नेतृत्वलाई गिज्जाई रहेको चिसापानी मंगलसेन सडक

यो सडक सञ्चालन होला गाडी चढौला भनेर सपना देखेका कयौं नागरिकको सपना सपनामै सिमीत

तारामान खड्का अछाम:अछाम र कर्णालीका कालीकोट, दैलेख, मुग, जुम्लालाई तराईसँग जोड्ने सडक मार्गको चिसापानी–जंगलघाट सडक । २०२८ सालबाट निमार्ण थालिएको यो सडक हालसम्म पनि निमार्ण सम्पन्न हुन सकेको छैन। बर्षदेखि यो सडक भएर गाडी चढ्ने नागरिकको सपना ५२ देखि पुरा हुन सकेको छैन । यो सडकको काम सुरु भएको बर्ष जन्मेका बुढो भैइसके ,यो त्यो बहानामा यो सडकले मुर्त रुप लिन सकेको छैन ।

कैलालीको चिसापानी देखि अछाम सदरमुकाम मंगलसेन सम्म १ सय १० किलोमिटर सडक ५२ बर्ष लगायर ट्याक खोलिएपनि कर्णाली नदिमा पुल नबन्दा सञ्चालनमा आउन सकेको छैन । ५६ वर्षअघि मोटर बाटो निर्माणको अवधारणा अघि सारेका स्व. भण्डारीले हरेक गाउँका महिला, पुरुषले श्रमदानबाट चिसापानीबाट सडक खन्दै २०२४ मा जिल्ला अछाम सदरमुकाम मंगलसेनमा मोटर पु¥याएका थिए । हाल डोटी,डडेल्धुरा हुदै करिव ३ सय बढी किलोमिटर सडक यात्रा पार गर्दै कैलाली जानुपर्ने अवस्था रहेको छ ।यो सडक सञ्चालनमा आए अछाम बाजुरा, र कर्णालीका कालीकोट, दैलेख, मुग, जुम्लाको सम्वन्ध सिधै तराई सँग जोडिने साथै यी क्षेत्रका नागरिकको आर्थीक समेत बढ्ने जिल्ला समन्वय समिती अछामका प्रमुख ललित कुवँरले बताए ।

राजा महेन्द्रको पालामा सडकको योजना बने पनि पञ्चायत हुँदै प्रजातन्त्र र अहिले गणतन्त्र आउँन ५२ वर्षेसम्म गाडी सञ्चालनमा आउन सकेको छैन । यो सडक सञ्चालन होला गाडी चढौला भनेर सपना देखेका कयौं नागरिकको सपना सपनामै सिमीत भएको तुर्माखादका निरक शाहीले बताए ।सडक निमार्णका लागी पञ्चायत देखि अहिलेसम्म कहाँ कति बजेट खर्च भयो कुनै कार्यालयहरु सँग एक्कीन तथ्याक छैन। अहिले पुर्बाधार बिकास कार्यालय र सडक डिभीजन कार्याल कैलाली,अछाम र सुर्खेतले आ आफ्नो क्षेत्रमा काम गरिरहेका छन । उनिहरुले सडक चौडाइ पार्ने आवश्यक पुर्बाधार निमार्ण गरि कालोपत्रे गर्ने काम गरिरहेका छन ।यस बर्ष सडक डिभीजन कार्यालय र पुर्बाधार कार्यलयले अछाम खण्डमा २३ किलोमिटर सडक कालोपत्र र चौडाका लागी अरब ८ करोडमा बिभीन्न ठेक्का लगाएर काम गरिरहदाँ सडक डिभीजन कार्यालय कैलालीले चिसापानी देखि कुईने सम्म ७ किलोमिटर कालेपत्रको काम गरिरहेको छ ।

सुदुरपश्चीमबाट पञ्चायत देखि गणतन्त्र सम्म लोकन्द्र बहादुर चन्द देखि शेर बहादुर देउवा पटक पटक प्रधानमन्त्री बने पनि यो उनिहरुको प्राथमीकतामा नपरेको अछामबाट पनि भिम रावल उपप्रधानमन्त्री, अन्य पटक पटक सांसद बनेपनि यो सडकको नाममा राजनिती गरि निवार्चन जित्नु शिवाय अन्य काम नगरेको तुर्माखाद कमल बुढाले बताए ।

अहिले सडक खण्डको जंगलघाटमा पक्की पुल नबन्दा सवारी सञ्चालन हुन सकेका छैनन । पुल निमार्णका लागी ठेक्का आह्वान भएपनि अछाम र सुर्खेतको सिमाना बन्ने ४३९ मेगावाटको बेतन कर्णाली जलबिधुत आयोजनाको डुबान क्षेत्र पर्ने भन्दै पुल बन्ने अनिश्चीत भएको छ । पुल चाण्डै बन्ने र सडक सञ्चालनमा आउने अछाम २ बाट प्रनिनिधी सभा सदस्य निवार्चीत प्रतिनीधी सभा सदस्य पुष्प शाहले बताए । यो सडक सञ्चालनमा आए अछामसहित बाजुरा, डोटी र कर्णालीका दैलेख, कालीकोट र जुम्ला,हुम्ला, मुगुसम्म सहज सडक बन्नेछ । २ वटा प्रदेशसँगै तराईमा भारत र पहाडमा चीनलाई जोड्न जोड्ने छ । राजनितिक उदाशीनाताले ५२ बर्षमा पनि बन्न नसकेको सडक कहिले बन्ने कहिले नागरिकले राज्य सँग प्रश्न गरिरहेका छन ।

तपाईको प्रतिक्रिया