Advertisement
SKIP THIS
वडा सदस्य पूर्ण बहादुर सेट्टीले  बितरण गरे जेष्ठ नागरिकलाई लौरी

तारामान खड्का अछाम:काम गर्न ठुलै पद र पैसा चाहिदैन, मात्रै इच्छाशक्ति भएपछि पुग्छ भन्ने उदाहरण दिएका छन,अछामको बान्नीगढी जयगढ गाउँपालिका ३ बरदादेविका वडा सदस्य पूर्ण सेट्टीले।

सेट्टीले लौरी बनाई आफ्नो वडाका १ सय ८५ जेष्ठ नागरिक र अशक्त नागरिकलाई लौरी बितरण गरेका छन।

जयगढमा सामाजिक सुरक्षा भत्ता बुझ्न आएका जेष्ठ तथा अशक्त नागरिकले (बास, कुरी)कमजोर लौरी आएका त्यो देखेर लौरी दिनुपर्छ भनेर सोच आएकोले लौरी बितरण गरेको उनले बताए ।लौरी पाउदा जेष्ठ तथा अशक्त नागरिक मख्ख भए।उनिहरुले वडा सदस्य पूर्ण सेट्टीलाई धन्यवाद दिए।

बान्नीगढी ३ वरदादेविका ७६ बर्षिय चन्द्र सिहं खड्का वडा सदस्य सेट्टीलाई धन्यवाद दिए। यस्तै ७८ बर्षिय जोगेनि साउद नेताहरु चुनावको बेला मात्रै गाउँ त्यो पनि भोट माग्न आउने गरेको अन्य बेला कस्ता छन भने नआउने तर सेट्टी बेला के कस्तो छ भनेर बुझ्न आउने गरेको बताईन।

सेट्टीले १५ दिन लगाएर परिवारका सदस्यको सहयोग १ सय ८५ लौरी बनाएका थिए । उनलाई लौरी बनाउन छोरी जानकी सेट्टीले रंगरोगन लगाउन सहयोग र श्रीमती खिन्तु देबि सेट्टीले काटछाट गर्न सहयोग गरेको बताए ।

तपाईको प्रतिक्रिया