Advertisement
SKIP THIS
महाकाली नदीमा नेपाली र भारतीय बिच ढुङ्गा हानाहान

धनगढीः भारतले महाकाली नदीमा तटबन्ध निर्माण गरी महाकाली नदी नेपाल तर्फ डाइभर्ट गर्न खोज्दा नेपाल र भारतका स्थानीयहरु बिच ढुङ्गा हानाहान भएको छ।

महाकाली नदी नेपाल तर्फ डाइभर्ट गर्दा दार्चुलाको महाकाली न.पा – ४ को बाङ्गाबगर छेत्र बाढी को उच्च जोखिममा पर्ने भन्दै बाङ्गाबगर छेत्रका बासिन्दाले समय समयमा महाकाली नदी डाइभर्ट नगर्न भनि बिरोध गर्न थाले पछि भारतिय पक्षले ढुङ्गा हान्दा नेपाल तर्फ बाट पनि ढुङ्गा हान्दा शुक्रबार केही बेर स्थिती तनावग्रस्त बनेको थियो।

तटबन्ध निर्माणका लागि नदी डाइभर्सन गर्ने र पछि नदीको डाइभर्सन हटाउने भनि दुई देशका प्रशासनिक अधिकारी बिच सहमति भएपनि भारतीय पक्षले सहमति कार्यान्वयनमा नल्याउँदा समस्या उत्पन्न भएको हो। गत भदौ २४ गते महाकाली नदीमा आएको बढीले बाङ्गाबगर छेत्र को बस्ती र तटबन्धमा ठूलो छति पुर्याएको थियो भने सो छेत्रमा अहिलेसम्म तटबन्ध निर्माण तथा मर्मत भएको छैन।

भारतीय पक्षले महाकाली नदीमा मनमानी गर्दा नेपाल र भारतका स्थानीय हरु बिच बेला बेलामा ढुङ्गा हानाहान हुने गरेपनि नेपाल सरकार मौन रहेको देखिएको छ। अहिले बाङ्गाबगर को महाकाली तटबन्ध छेत्रमा स्थिति थप जटिल नबनोस भनि नेपालतर्फ ससस्त्र प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन्।

तपाईको प्रतिक्रिया