Advertisement
SKIP THIS
स्वास्थ्यकर्मी भगवान्  हुन् :नगर प्रमुख खड्का

निराकरण खबर डाेटी :कलियुगका भगवान स्वास्थ्य कर्मी रहेका दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख वाजि सिंह खड्का’विजय’ बताएका छन।

नेपाल नेत्रज्याेति संघ डाेटीकाे आयोजना तथा गेटा आँखा अस्पताल कैलालीकाे प्रविधिक सहयोगमा सिलगढी स्थित पवित्र आवासीय माध्यमिक विद्यालयकाे प्राङ्गणमा निसुल्क आँखा शिविरकाे सुभारम्भ उद्घाटन ग्रदै नगर प्रमुख खड्काले बताए ।

मानव जिवनमा मानिसका बिभिन्न अंग हरु केहि न केहीरुपमा विग्रिएको भय त्यसलाइ फेरि उपचारकाे क्रम बाट नयाँ रुपमा ल्याउने स्वास्थ्यकर्मी(डाक्टर )भएकाले उहाँहरुलाई हामिले भगवान् मान्नुपर्छ ।

स्वास्थ्यनै जिवनहाे तेसैले सवै जनसमुदायलाई सजक रहि निर्धक्कसँग जिवन यापन गर्न अनुराेध गर्दै शिविरमा सेवा लिन आएकालाई खुल्ला हृदयले सेवा लिनु हाेला केहि साराे गाह्रो परे आफु नगरपालिकाको टिम सगै रहेने बताए ।

यस्तै कार्यक्रममा बाेल्दै नेपाल नेत्रज्याेति संघ डाेटीका उपाध्यक्ष हेमराज जाेशीले २ दिन सम्म संचालन हुने आँखा शिविरमा उपचारका लागि आउनु हुने व्यक्तिहरुलाई आफ्नो टिमले सहजताको लागि भाेलियन्टियर व्यवस्थापन गरी काम गरिरहेकाले उहाँहरुलाइ असहजता हुन नदिने वताउँदै चेक जाँच बाट बढी समस्या भएका व्याक्ती हरुलाइ रिफरकाे लागि पनि सहकार्य गर्ने बताए ।

२ दिन सम्म संचालन हुने शिविरमा गेटा आँखा अस्पताल कैलालीका डाक्टर सुमित अधिकारीकाे टिमले सेवा दिइ रहेकाे छ।

तपाईको प्रतिक्रिया