Advertisement
SKIP THIS
खेतियोग्य जमिन बगर बनेपछि गर्जो टार्न युवाहरु मुग्लान पसे

तारामान खड्का अछाम :अछामको चौरपाटी गाउँपालीका ४ को एक टोल बर्षेनी बुढीगंगा नदि कटानबाट आजित बन्द आएको छ । १०० बढी परिवार रहेको पित्रेना गाउँको मुख्य खेति उब्जनी हुने (चोईटे बगर ) नदि कटानका कारण बगर बनीरहेको र रोकथाममा कहि कतैबाट प्रयास नहुदाँ स्थानियहरु दैनिकी चलाउन भारत लागेका छन । बर्षौ देखि बुढीगंगा नदिले कटान गर्दा अछामको चौरपाटी गाउँपालीका ४ पित्रेना को (चोइट बगर )बगरमा परिणत हुदै गएको छ ।

पित्रेना गाउँमा सिचाई अभावमा कुनै खेतिपाती नहुने नदि छेउमा भएको १०० बढी परिवार आश्रीत ४०० रोपनि बढी जमिन बगर हुदै गएको छ । रोकथामको लागी कहि कतै बाट प्रयास नभएको स्थानिहरुको गुनासो छ । वडामा ठुला नेता पुर्ब मन्त्री समेत भएपनि उनको सौतेनि ब्यावहार पित्रेना बासीले भोग्दै आएका छन ।

नदिको एक छेउमा आफुहरुको जग्गा नदिले बगर बनाउदा अर्को छेउमा भने पहुचको भरमा बर्र्षेनी नदि रोकथामका लागी करोडौको योजना आउने गरेको स्थानियहरु बताउछन । पञ्चायतको बेला बरु नदि नियन्त्रणका लागी बजेट आउने गरेको संघीयता पछि ३ तहको सरकार बन्दा बजेट नआएको स्थानियहरु ललित कुुँवरले बताए ।

नदिको कटानले खेतियोग्य जमिन बगर बनेपछि सोहि ठाउँमा खेति गदै गए पछि युवाहरु परिवारको खर्च टार्नको लागी भारतमा मजदुरी गरिरहेको स्थानिय दिपक खत्रींले बताए । बुढीगंगा नदिले बर्षेनि झन बढी खेतियोग्य जमिन कटान गर्दै गएको अहिले सबै कुरा शक्ती र पहुचमा चल्ने हुदाँ आफुहरुको गाउँमा त्यस्तो मान्छे नभएकोले नदि नियन्त्रणका लागी कुनै बजेट नपाएको स्थानियचन्द्र कुँवरले बताए । बर्षेनी खेति लगाउने तर नदि रोकथाम नहुदाँ बर्षाको समयमा सबै बगाउने गरेको र हिउँद डोजर लगायर बालुवा फालेर खेति गर्ने गरेका

चम्फा कुँवरले बताइन ।यता चौरपाटी गाउँपालीका अध्यक्ष भिम साउदले भने चोइटे बगरमा नदि कटानको समस्या बारे जानकार भएको बताउदै पालीकाको बजेटले नदि नियन्त्रण गर्न नसकिने भएको हुदाँ प्रदेश र संघ सरकारलाई बजेट मागेको बताए । गत बर्षमा गाउँपालीकाको पहलमा २५ लाख बजेट प्रदेश सरकारबाट बिनीयोजन भएर काम गरेको अध्यक्ष साउँदले बताए ।

तपाईको प्रतिक्रिया