Advertisement
SKIP THIS
पत्रकारीतामा क्रियाशिल नरहेका सदस्यहरुले सदस्यता त्यागेमा सम्मान गर्ने

अछाम : नेपाल पत्रकार महासंघ अछामको बैठक बिभिन्न निर्णय गर्दै मंगलसेनमा सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रको परिपत्र अनुसार सदस्यता सुद्धिकरण मापदण्ड २०७९ लाई पूर्ण रुपमा लागु गर्ने निर्णय गर्दै बैठक सम्पन्न भएको हो ।

जिल्ला शाखा अछामका अध्यक्ष खम्म खत्रीको अध्यक्षतामा भएको बैठकले महासंघको साधारण सदस्य हुन ईच्छुक क्रियाशिल पत्रकारहरुका लागि सदस्यताका आव्हान गर्दै जेठ १० गते भित्र आवेदन लिईसक्ने र सदस्यता नविकरणका लागि जेठ १२ गते भित्र आबेदन सहित कागजात लिईसक्ने निर्णय गरेको छ ।

बैठकले मापदण्ड पुगेर आएका नयाँ सदस्यहरुको नामावली जेठ ११ गते र नविकरणका लागि आएकाहरुको नामावली जेठ १५ गते सार्वजनिक गरी प्रदेश र केन्द्रमा समेत पठाउने निर्णय गरेको छ ।

यस्तै केन्द्रको सकुर्ल अनुसार सदस्यता सुद्धिकरण अन्र्तगत महासंघको सदस्य रहेको भएपनि पत्रकारीतामा क्रियाशिल नरहेकाहरुलाई स्वइच्छिक रुपमा सदस्यता त्याग गर्न आव्हान गर्ने र त्यसरी सदस्यता त्याग गर्नेहरुलाई महासंघ अछामको आगामी साधारण सभामा सम्मान गर्ने निर्णय समेत गरिएको महासंघ अछामले जनाएको छ ।

बैठकमा महासंघ अछामका पूर्व अध्यक्ष, सल्लाहकार लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया