Advertisement
SKIP THIS
घुस लिन महोत्तरीदेखि काठमाडौँ पुगेका प्रहरीका एक सई पक्राउ

काठमाडौँ :घुस लिन महोत्तरीदेखि काठमाडौँ आइपुगेका प्रहरीका एक सई पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सई विनोद विष्टलाई बुधबार पक्राउ गरेको हो । 

उनको साथबाट अख्तियारको टोलीले घुस बापतको ५० हजार नगद र १ लाख रुपैयाँ चेक बरामद गरेको हो । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत विष्टले भवन निर्माणसम्बन्धी ठेक्काको म्याद थपका लागि सहजीकरण गरिदिने भन्दै घुस मागेको उजुरी परेको थियो । 

सोही घुस लिन उनी महोत्तरीदेखि आएकामा बानेश्वरबाट पक्राउ परेको अख्तियार प्रवक्ता भोला दाहालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया