निराकरण खबर अछाम: काम गरेको ज्याला नपाएको भन्दै अछाम र बाजुरा जोड्ने पक्की पुलमा ठेकदार अबरुद्ध गरेका छन।
अछामको मेल्लेख गाउँपालिका ३ ठाटि र बाजुराको बुढीगंगा ८ रिठ्ठा बजार जोड्ने बुढीगंगा नदि माथी बनेको बिरा बगर पुल स्थानीय ठेकदार जनक शाहिले अबरुद्ध गरेका छन।
आफुले काम ३ बर्ष अगाडि सडक सफा गरेको १ लाख ५० हजार रकम नपाएको भन्दै पुलमा अबरुद्ध गरेको ठेकदार शाहीले बताए । बैशाख ४ गते समेत काम गरेको पैसा नपाएको भन्दै उनलेे पुलमा अबरोध गरेका थिए। दुबै जिल्लाको प्रहरी प्रशासनको सहकार्यमा १ हप्तामा काम गरेको पैसा दिने सहमति भएको तर मेल्लेख गाउँपालिका ३ ले सहमति पालना नगरेका कारण अबरुद्ध गरेको उनले बताए । आफुले हातमा पैसा नपाए सम्म अबरुद्ध जारी राख्ने ठेकदार शाहीले बताए ।
यसबारे मेल्लेख गाउँपालिका ३ ठाटीका अध्यक्ष रावललाई उनको मोबाइल नम्बर ९८६५६२०३४७मा बुझ्न खोज्दा व्यस्त छु भन्दै फोन काटे । पुलमा सडक अबरुद्ध हुदाँ मेल्लेख गाउँपालीका १ ,२र ३ का नागरिकले सास्ती पाएका छन।