Advertisement
SKIP THIS
सुन्दर नगरी बनाउने लक्ष्यका लागि स्वच्छ खानेपानी आवश्यक: नगर प्रमुख खड्का

डाेटी : सुन्दर नगरी बनाउने लक्ष्य भित्र स्वच्छ खानेपानी पनि पर्नेमा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिंह खड्का ‘बिजय’ले जाेड दिएका छन्।

दिपायल सिलगढी नगरपालिका र सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिकाे समन्वय तथा वैदेशिक रोजगार बाेर्डकाे आर्थिक सहयोगमा सेति प्राविधिक शिक्षालयद्वारा निसुल्क रुपमा संचालित पलम्वर सहायक तह १ (१६१ घण्टा) तालिम उद्घाटन गर्दै उनले सो कुरा बताए ।

आधारभुत पलम्वर तालिमले खानेपानि निर्माणमा स्थानीय नजसक्तिकाे सहभागिता त हुनेनै भयो साथै जिवनमा जुनसुकै सिकेकाे सिपले आत्मनिर्भर वनायर जिवन यापनमा सहजता दिन्छ तेसैले पनि याे तालिम लाइ मनैदेखी लगनशिल भयर सिक्नु हाेला नगरपालिकाले तपाईंकाे लगि गर्ने सहयोग निरन्तर रहने मा सहभागी लाइ आग्रह गरेका थिए ।

मानिस स्वच्छ रहन खानेपानी सवैभन्दा स्वच्छ हुनुपर्छ तेसैले हाम्रो नगरभरिका सम्पुर्ण वडाहरुमा स्वच्छ खानेपानी निर्माणका लागि विश्वबैंक संग सम्झौता गरिसकेका छौं निकट भविष्यमै खानेपानि निर्माण सुरु गरि सुन्दर नगरिकाे एउटा अभियान सुरुवात गर्ने नगर प्रमुख खड्काले बताए ।

खानेपानी लाइ स्वाच्छ र दिगाे तरिकाले प्रदान गर्न आफुलागिरहेकाे र यस्मा नगरपालिकाले पूर्ण रूपमा सहयोगि बनि सहयोग गरेकाेमा धन्यवाद दिदै पलम्वर तालिममा सहभागीलाइ आवस्यक पर्ने सामाग्रिको अभाव नहुने गरि आफ्नो सहयोग रहने र उहाँहरुलाई व्यावसायिक रुपमा अगाडी बढ्नमा सक्दाे सहयोग गर्ने कार्यक्रमका बिशिष्ट अतिथि समेत रहनुभएका सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष जगत बहादुर खड्काले बताए ।

कार्यक्रमकाे सभाध्यक्षतामा सेति प्राविधिक शिक्षालयका इन्जिनियर रहेका कार्यक्रममा सिलगढी खानेपानीका उपभोक्ताका पधाधिकारी कर्मचारीको उपस्थिति रहेकाे थियो भने २० जना सहभागीले पहिले चरणकाे आधारभुत तालिम १६१ घण्टा खानेपानीको कार्यलयमै प्रदान गरिने छ।

तपाईको प्रतिक्रिया