Advertisement
SKIP THIS
बझाङमा यार्सागुम्बा टिप्न गएका एक युवकको मृत्यु

बझाङ :बझाङमा यार्सागुम्बा टिप्न गएका एक युवकको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको छ । 

जिल्लाको सुर्मा गाउँपालिका–३ सैनगाँउका ३६ वर्षीय कलक बोहराको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । 

उनको यार्सागुम्बा टिप्ने ठाउँबाट घर फर्किने क्रममा चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेश अवस्थीले जानकारी दिए । 

पानी परेकाले घटनाको थप विवरण नआएको र घटनास्थलतर्फ प्रहरी टोली गएको समेत अवस्थीले बताए ।

तपाईको प्रतिक्रिया