Advertisement
SKIP THIS
अछाममा भब्यताका साथ ‘साँफेबगर महफिल’ सम्पन्न

निराकरण खबर अछाम:साहित्यक सर्जकहरुको पहिचान, सृजनशिल युवा हाम्रो अभियान भन्ने मुख्य नाराका साथ अछाममा पहिलोपटक महफिल सम्पन्न भएको छ। शनिबार युवा संजाल साँफेबगरको आयोजनामा साँफेबगरमा महफिल सम्पन्न भएको हो।

महाफिलमा विभिन्न जिल्लाका कवि र गजलकारहरुले प्रस्तुति दिएका थिए । सहजिकरण मनोज बिवशले सहजिकरण गर्दा कवि निभा शाह,खेम बतासले काव्य रसपानमा प्रस्तुति दिएका थिए।

गजल सन्ध्यामा तपेन्द्र घोडासैनी, पुष्पराज आचार्य पिडित , आशा साँकी बलायरले चोटिला गजल प्रहार गरेका थिए । गजल सन्धाको सहजिकरण गजलकार हिमाल उदाशिले गरेका थिए।महफिल अछामका साहित्यकार, साहित्य प्रेमीहरुको सहभागीता रहेको थियोे । साहित्यक सर्जकहरुको पहिचान गरि अछामको धार्मिक पर्यटनसँग जोड्न साहित्यक मेहफिल गरिएको युवा सञ्जाल साँफेबगरका अध्यक्ष भुपेन्द्र भण्डारीले बताए ।

कार्यक्रममा प्रमुख अथिती रहेका साँफेबगर नगरपालिका उप प्रमुख शिव बहादुर कुँवर ‘शिलोज’ले यस्तो महफिल गर्ने आफ्नो सपना भएको त्यो सपना पुरा भएको बताए । साहित्य संरक्षणमा नगरपालिकाले काम गरिरहेको केही दिनमा नगर पालिकाले साहित्यक कार्यक्रम समेत गर्ने उद्घोष गरे।

तपाईको प्रतिक्रिया