Advertisement
SKIP THIS
अछाममा गुडिरहेको ट्याक्टरको ब्रेक फेल, हामफाल्दा १ जनाको मृत्यु

निराकरण खबर अछाम:अछाममा गुडिरहेको ट्याक्टरबाट हामफाल्दा १ जनाको मृत्यु भएको छ।

शुक्रबार दिउँसो जिल्लाको मेल्लेख गाउँपालिका ६ शोडषामा सुदूरपश्चिम प्रदेश ०१००२त २९९३ नम्बरको गुडिरहेको ट्याक्टरको ब्रेक फेल भएपछि हाम फाल्दा सोही ठाउँका ३३ बर्षिय धुर्ब बहादुर कुँवरको मृत्यु भएको हो।

ट्याक्टरको साँफेबगरबाट बालुवा लिएर गएको एक्कासि ब्रेक फेल हुदाँ हाम फाल्दा टायरमा परेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याक्टरबाट हाम फाल्दा अन्य दुई जना घाइते भएका छन। घाइते मध्ये एक जनाको हात भाच्चिएको उनलाई बयालपाटा अस्पतालले रेफेर गरेको र एक सामान्य घाइतेलाई डिर्चाज भएका प्रहरीले जनाएको छ।

ट्याक्टर चालक प्रहरी नियन्त्रणमा रहेका छन।

तपाईको प्रतिक्रिया