Advertisement
SKIP THIS
मध्यम खाले हाेजियारी सिप बिकास तालिम कलेनामा सुरु

डाेटी :मध्यम खाले हाेजियारी सिप बिकाश तालिम दिपायल सिलगढी नगरपालिकाका वडा नम्बर ९ कलेनामा सुरु भएको छ।

दिपायल सिलगढी नगरपालिका डाेटीकाे आयाेजनामा ४५ दिने मध्यखाले हाेजियारी सिप विकाश तालिममा वडाका १४ जना महिला र किसाेरी सहभागी रहने गरी संचालन मा ल्याइएको हो ।
“सिप सिकाै स्वराेजगार वनाै,समृद्ध नेपालको बिकास गराै भन्ने मुल मर्मलाइ मध्यनजर गर्दै गरिवी निवारणका लागि लघु बिकाश कार्यक्रम अन्तर्गत उक्त तालिम वडामा सुरु गरियको हाे ।
४५ दिन सम्म संचालन हुने मध्यम खाले तालिममा उनकाे धागाेबाट सुइटर,स्काप,दाेसल्ला लगायतका सामाग्री निर्माण गर्नुका साथै मेसिनबाट इन्ट्रलक गरी गरिविकाे रेखामुनि रहेका आम समुदायका व्याक्ती लाइ सिप सिकाइ आर्थिक रुपमा अगाडि बढाइ जिवन उपयाेगी सिप सिकाउने उदेश्यले तालिम संचालन गरेको दिपायल सिलगढी नगरपालिका अन्तर्गत लघु उद्यम बिकास कार्यक्रम शाखा अधिकृत राज वहादुर खड्काले जानकारी दिए।

कार्यक्रममा प्रमुख अतिथिकाे आसन बाट वाेल्दै उप-प्रमुख साउदले शिप भनेकाे आत्मनिर्भर वनाउने बलियो आधारहाे तेसैले पनि तपाइँकाे घर दैलोमा आयकाे अवसर लाइ गुमाउनु हुदैन ,
यस्ता सिप सिकी साेराेजगार वनाउने अभियानमा नगरपालिका लागिरहेको हुदा तपाइँ हरुले सिकेकाे सिपलाई व्यावसायिक रूपमा बजारीकरण गर्न आर्थिक अभावले अवराेध गर्ने छैन निर्धक्क भएर सिप सिक्नु हाेला तपाइँहरु याेजना सहित आउनु नगरपालिका त्याे कार्यन्वयनमा ल्याउनेमा सहभागी हरुलाइ वचन पद्धता प्रदान गर्नुभएको थियाे ।

कार्यक्रमको सभाध्यक्षतामा दिपायल सिलगढी नगरपालिका वडा नम्वर ९ वडा अध्यक्ष हर्क बहादुर साउद रहनु भयकाे कार्यक्रमका प्रमुख अतिथी दिपायल सिलगढी नगरपालिकाका उप-प्रमुख कलावती महर ‘साउद’ बिशिष्ट अतिथिमा लघु उद्यम बिकाश कार्यक्रम शाखा अधिकृत राज वहादुर खड्का बरिष्ठ लघु उद्यम बिकाश लाला बहादुर खड्का लगायत सहभागीकाे उपस्थिति रहेकाे थियो ।

४५ दिने मध्यम खाले हाेजियारी सिप विकाश तालिम बैसाख १३ गते देखि जेठ महिनाकाे २६ गते सम्म संचालन हुने तालिमका प्रशिक्षक बल्देव दयाल रहेका छन ।

तपाईको प्रतिक्रिया