Advertisement
SKIP THIS
स्वतन्त्र उम्मेदवार राजन कुँवरको चुनावी खर्च ६ लाख

निराकरण खबर अछाम:अछाम १ बाट स्वतन्त्र उम्मेदवार बनेका राजन कुँवरको चुनावी खर्च सार्वजनिक गरिएको छ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बनेका कुँवर निर्वाचन सम्पन्न लगत्तै निर्वाचन आयोगलाई चुनावी खर्च विबरण बुझाए पनि आयोगले पत्रकार सम्मेलन गरि खर्च बिवरण सार्वजनिक गर्नु भनेपछि बुधबार साँफेबगरमा पत्रकार सम्मेलन गरि चुनावी खर्च सार्वजनिक गरेका हुन।

स्वतन्त्र उम्मेदवार बनेका कुँवररको चुनावी खर्च ६ लाख भएको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ। सवारी साधन, सवारी इन्धन,प्रचार प्रसार सामाग्री,कुवानी,गोष्ठी,कार्यकर्ता परिचालन,अन्य प्रचार प्रसार, छापा एवं विद्युतीय माध्यम,कार्यालय सञ्चालन,प्रतिनिधि परिचालनमा ६ लाख खर्च भएको उनका वारेसी लक्ष्मण कुँवरले बताए ।

तपाईको प्रतिक्रिया