Advertisement
SKIP THIS
हाेजियारी सिप बिकास तालिमकाे उप-प्रमुख साउदद्वारा उद्घाटन

निराकरण खबर डाेटी :हाेजियारी सिप बिकाश तालिमकाे दिपायल सिलगढी नगरपालिकाका उप-प्रमुख कलावती महर ‘साउद’द्वाराएक कार्यक्रमका बिच उद्घाटन गरियकाे छ ।

“सिप सिकाै स्वराेजगार वनाै,समृद्ध नेपालको बिकास गराै भन्ने मुल मर्मलाइ मध्यनजर गर्दै गरिवी निवारणका लागि लघु बिकाश कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर ८ लडागडामा सुरु भएको हाे ।

दिपायल सिलगढी नगरपालिका डाेटीकाे आयाेजनामा स्तरउन्नती तर्फकाे ४५ दिने हाेजियारी सिप विकाश तालिममा वडाका १८ जना महिला र किसाेरी सहभागी रहने गरि उक्त कार्यक्रम संचालनमा रहेकाे छ ।

सहभागी हरुले याे तालिम भन्दा अगाडीकाे तालिममा हाते हाेजियरी सिप द्वारा उनबाट हातले बुनेकाटाेपी,सुइटर,स्काप,दाेसल्ला लगायतका सिलाइ कटाइ सम्वन्धि सिप सिकेकाले उहाँ हरुलाइ स्तरउन्नती गराइ मेसिनबाट पनि बिभिन्न सामाग्रि बनाउन उक्त कार्यक्रमकाे सुरुवात गरियकाे जनाइएको छ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका उप-प्रमुख साउदले शिप भनेकाे आत्मनिर्भर वनाउने बलियो आधारहाे तेसैले पनि तपाइँकाे घर दैलोमा आयकाे अवसर लाइ नगुमाउनु हाेला माैकाकाे फाइदा लिनु पर्छ भन्दै सहभागी लाइ आग्रह गर्नुभएको थियो।

उहाँ ले थप्नु भयाे याे र यस्ता सिप सिकी साेराेजगार वनाउने अभियानमा नगरपालिका लागिरहेको हुदा तपाइँ हरुले सिकेकाे सिपलाई व्यावसायिक रूपमा बजारीकरण गर्न आर्थिक अभावले अवराेध गर्ने छैन निर्धक्क भएर सिप सिक्नु हाेला तपाइँहरु याेजना सहित आउनु नगरपालिका त्याे कार्यन्वयनमा ल्याउनेमा सहभागी हरुलाइ वचन पद्धता प्रदान गर्नुभएको थियो ,भने आज देखि संचालनमा आयकाे हाेजियारी बाट उत्पादन भयका बिभिन्न सामाग्रिहरु काे वजार व्यावस्थापन पनि आफुले गरिदिने समेत जनाउनु भएको छ ।

उद्धटान कार्यक्रमा बाेल्दै दिपायल सिलगढी नगरपालिका अन्तर्गत लघु उद्यम बिकाश कार्यक्रम शाखा अधिकृत राज वहादुर खड्काले कार्यक्रमकाे उद्देश्य माथि प्रकाश पार्दै याे शाखाकाे लक्ष्य भनेकाे गरिविकाे रेखामुनि रहेका आम समुदायका व्याक्ती लाइ सिप सिकाइ आर्थिक रुपमा अगाडि बडाउने भएकाले
सहभागितात्मक रुपमा सिप सिक्नु हाेला याे सिपलाई तपाइँ हरुले पूर्ण रुपमा सिक्नु भयाे भने अर्काे चारणमा अगाडी बढाउने बताउनुभयो, साथै सहभागी लाइ सिकेकाे सिप निरन्तर रहाेस र अरु इच्छुक व्यक्तिले सिकुन् भन्ने उद्देश्यले याे तालिमको मेसिन सहित पुरै सामाग्री यतै समुहमा रहने समेत खड्का ले वताए।

कार्यक्रमको सभाअध्यक्ष दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ लडागडाका वडा अध्यक्ष दशरथ वबलायर रहनु भयकाे कार्यक्रमका प्रमुख अतिथी दिपायल सिलगढी नगरपालिकाका उप-प्रमुख कलावती महर ‘साउद’ बिशिष्ट अतिथि वडा नम्बर ५ का वडा अध्यक्ष गणेश भन्डारी, कार्यपालिका सदस्य पार्वती पार्कि,बिष्ना साउद,वडा सदस्य तिर्मल कुन्जेना,निमित्त वडा सचिव मान बहादुर कडायत,तालिका प्रसिक्षक लगायत सहभागी काे उपस्थिति रहेकाे थियो स्तरउन्नती तर्फकाे ४५ दिने हाेजियारी सिप विकाश तालिम बैसाख १२ गते देखि जेठ महिनाकाे २५ गते सम्म दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर ८ लडागडाकाे हलमा संचालन हुने छ।

तपाईको प्रतिक्रिया