हर्क बिष्ट टिकापुर
चारैतिर अग्लाे पर्खाल विशाल गेट झिलिमिलि लाइटहरु ..।बगैचामा एक सय चौरासी किसिमका गुलावहरु साथमा सिजनल विभिन्न फुलहरु ढकमक्क फुलेर क्या शाेभा दिइरहेछन् पार्ककाे ….।छरिरहेछन् मिठाे सुगन्ध टिकट काउण्टरबाट अगाडी लस्करै उभिएर फुलेका सिता अशाेकहरुले स्वागत गरिरहेछन् हजारौ पर्यटकहरुलाइ मिठ्ठाे सुगन्ध छरेर ……।एक पटक पार्क छिरेकाे मान्छे बडाे अलमलमा पर्छ ……।पहिला के हेर्ने ….कता घुम्ने भनेर ।भित्र हेलिप्याडकाे छेउवैमा चिडिया घर छ जहा छन् विभिन्न किसिमका जङ्गली जनावरहरु बाघ,निलगाइ,मयुर,बनकुखुरा,खराया,अजिङ्गर के के……..।मानौ पुरै अवलाेकन गर्न घण्टौ लाग्छ …….अवलाेकन गर्नेहरुकाे भीड हुन्छ …।
हेलिप्याडनिरकाे गेटबाट भित्र छिर्दा सुन्दर पाेखरी त्यसमाथि बनेकाे छ कलात्मक काठकाे सुन्दर पुल पाेखरीमा माछा ,स-साना बाेर्ट जसमा चढेर केटाकेटी फनक्क फन्काे मार्छन् माछालाइ चाराे हालेर माेज्जाले रमाइलाे गर्छन् त्यहि पाेखरीकाे कारण कैयौ त्यहा राेजगार छन् …..।याे नवनिर्वाचित स्थानिय सरकाले निर्माण गरेकाे ……।प्रवेशद्दार र चिडिया घर पूर्व स्थानिय सरकारले निर्माण गरेकाे थियाे …..।पार्कलाइ अझै सुन्दर बनाउने याेजनाका साथ प्रदेश सरकार र संघिय सरकारले पनि भर्खरै विभिन्न याेजना बनाएका छ ।व्यवस्थित पिकनिक स्पाेर्टकाे लागि सिलन्यास गरेकाे छ ….।एसियाकै नमुना बनभाेज स्थल बन्ने छ .।
पाेखरी कटेर अलि अगाडी बढेर दायातिर छ क्या मनमाेहक पानीकाे फाेहाेरा याे स्थानिय सरकार हुनुभन्दा पहिले नै नगरपालिकाले निर्माण गरेकाे त्यहा टिकटक र सेल्फि लिनेकाे घुइचाे हरबखत भइरहन्छ …..।कैयाै मान्छेहरु त सेल्फि र टिकटक बनाउनै नपाएर फर्किन्छन् ।
कस्ताे व्यवस्थापन र व्यवस्थित हाे पार्क कसरी गर्न सक्छन् यहाका कर्मचारीहरुले यसरी व्यवस्थित गर्न यहाँ कैयाै मान्छेहरु पिकनिक खान अाउछन् कैयाै घुम्न यत्रा मान्छेकाे चाप हुने ठाउ कसरी यति सफा राख्न सकेका ……।दुनियाकाे कुन मानव निर्मित पार्कमा छन् एक सय चौरासी किसिमका गुलाबका फुल मात्रै….।त्याे टिकापुर पार्क हाे जहा ती सबै गुलाबहरु पाइन्छन् ..।राता,पहेला,सेता,गुलाबी,काला ……..।यहाका कर्मचारीकाे पौखर परिश्रमलाइ सलाम गर्नै पर्छ ।
वाह !
बगैचा हाेस् यस्ताे ….।हुन त राजा महेन्द्रले विश्राम गरेकाे ठाउ पाे हाे त ….।उसाे त २८ दिन नेपालकाे साशन यहि खरले छाएकाे काठकाे दरबारबाट चलेकाे थियाे …..।देशकाे राजा बसेकाे ठाउ कम हुने सवाल हुन्छ र…..? छेउमै छ कैलाश मानसराेवर देखि बग्दै अाएकाे पवित्र नदि कर्नाली ……। याे पार्क निर्माण हुन स्व.खड्क बहादुर सिहकाे ठुलाे देन रह्याे ….।यसलाइ समयानुसार विकाश गरि विश्वसामु चिनाउनमा नगरपालिका र हाम्रा जनप्रतिनिधिकाे अाेहाेम भूमिका रह्याे ….। उसाे त पार्क मात्र कहा हाे र……।टीकापुर शहरकै नक्साङ्कन खड्क बहादुर सिहले गर्नु भएकाे याे एउटा सुन्दर र नमुना शहर हाे ।
टीकापुर बसपार्क देखि टीकापुर पार्कसम्म चारलेनकाे बाटाे छ….।बीचमा साेप्लान्ट चारैतिर बत्ती अाेहाे …! रात हाे कि दिन ……? पर्यटकहरुकाे घुइचाे २४ सै घण्टा व्यापार …।यहाँका मन्छेहरु पनि सुत्छन् र …? साच्चै विकाश हेर्न टीकापुर आउन पर्छ हगि ……गजलकार बाबु त्रिपाठीले प्रश्न गर्नु भाे ….।ऐलानी र ऐँठन फरक सन्दर्भमा लेखिए अब पार्ककाे इतिहास सहित मेराे तेस्राे पुस्तक आउछ विबेक अाेझा दाइले मुस्कुराउदै भन्नु भाे ….भिष्म दाइले हाेमा हाे मिलाएर हास्नु भाे …..।राज सरगमले मुस्कुराइरहेकाे गुलाबसंग एक तस्बिर लिने विचार ब्यक्त गर्नु भाे …..।माेबाइल समातेर जनक सरिक तस्बिर लिइदिन तयार हुनु भाे ……।सिर्जन श्रीकाे दिमागमा सायद शेरहरु……फुर्दै हुदा हुन याे सुन्दरता देखेर ……..।टीकापुर साहित्यक महाेत्सवमा उपस्थित सबै साहित्यकारहरुले घुम्न भ्याउनु भयाे कि भएन खाेइ …..? पहल असिम दाइ र बझाङका गजलकार प्रिय मित्र लाेकेन्द्र बाेहाेरा परिवर्तनकाे पार्क घुम्ने ठूलाे इच्छा हुदा हुदै पनि ब्यस्तताले सक्नु भएन …..।मसग घुम्न जानु भएका बाबु त्रिपाठी,विबेक अाेझा,राज सरगम,जनक रसिक ,सिर्जन श्री,भीष्म जाेशी सबैलाइ पार्क म्युजियम घुमाए ……..।
तत्कालिन राजा रानी बसेका खरका छाना भएका काठका सुन्दर दरबार हाल म्युजियमकाे रुपमा स्थापित छन् जहाँ तत्कालिन राजारानीले प्रयाेग गरेका सामाग्री र स्थानिय केहि परम्परागत संस्कार संस्कृति झल्काउने चिज वस्तुहरु प्रदशनीमा राखिएका छन् ……।मैले साहित्यकारहरुलाइ घुमाउदै कर्णालीतीर तिर लगे र्याफ्टिङ्मा चढेर खुब रमालाे गर्याै……।कर्णाली पारि टापुमा अवस्थित अाइसल्याण्डमा सेल्फि लिएम् ….एकछिन पिङ खेलेर रमायौ ….।कर्णालीमा डुबुल्कि मारेम् बैशाखकाे गर्मिलाइ मानसराेवरकाे पानीले पखाल्याे ….।बडाे अानन्द अायाे ।
कुखुरी……काँ भाले बास्याे म झसङ्ग भइ बिउझिए …।अाेहाे सपना पाे देखेछु …के याे सब सपना थियाे ….? बाबु त्रिपाठी,विबेक अाेझा,राज सरगम,भीष्म जाेशी,जनक रसिक,सिर्जन श्रीसंग त पार्क साच्चिकै घुमेकाे हाेइन र…? सायद सुत्नु अघि यस्तै कल्पना गरि सुते रहेछु …..त्यहि सपनामा देखेछु ।कति सुन्दर देखेछु सपना पनि ….।भन्न त भन्छन् विहानी पख देखेकाे सपना साकार हुन्छ रे ……।साच्चै साकार हाेला मैले देखेकाे सपना ……।कहिल्यै बन्ला त टिकापुर पार्क मैले सपनामा देखे जस्तै