Advertisement
SKIP THIS
सिड्नीमा अहिलेसम्मकै ठूलो नेपाली म्युजिक फेष्टिवल ‘ड्रिम फेष्ट’ सम्पन्न

पंकज खड्का सिड्नी:अष्ट्रेलियाकोे सिड्नीमा अहिलेसम्मकै ठूलो धमकेदार कार्यक्रम नेपाली म्युजिक फेष्टिवल ‘ड्रिम फेष्ट’ सम्पन्न भएको छ ।

अष्ट्रेलियाकोे सिड्नीमा नेपालका राष्ट्रिय कलाकारहरुबाट अहिलेसम्मकै सबैभन्दा ठूलो र भब्य नेपाली म्युजिक फेष्टिवल ‘ड्रिम फेष्ट’ सम्पन्न भएको छ । कार्यक्रमा ४ हजार ५सय बढी नेपाली दर्शकको सहभागीतामा म्युजिक फेष्टिवल ‘ड्रिम फेष्ट’ सम्पन्न भएको आयोजकले जनाएको छ ।

अष्ट्रेलियामा पहिला सानो सानो कार्यक्रम हुने गरेकोमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो र भब्य नेपाली म्युजिक फेष्टिवल हुने आयोजकले दाबि गरेको छ ।
सन् २०१२ देखि अष्ट्रेलियाको विभिन्न कार्यक्रम गर्दै आएको ड्रिम हाइट्स इभेन्ट कम्पनीको दशौं वार्षिकोत्सवको अवसरको उपलक्ष्यमा ‘ड्रिम फेष्ट’ आयोजना गरेको हो

ड्रिम हाइट्सले सिड्नीमा रहेका नेपाली समाजको चाहाना अनुसार कलाकारहरुलाई अष्ट्रेलियामा झिकाएर नेपालीहरुको मन जित्न सफल भएको सहभागीले बताए ।

तपाईको प्रतिक्रिया