Advertisement
SKIP THIS
निराकरण खबरको प्रभाव, अछाम दरवारमा नयाँ राष्ट्रिय झण्डा फहराईयो

निराकरण खबर अछाम :अछाम सदरमुकाम मंगलसेनमा रहेको ऐतिहासिक मंगलसेन दरवारमा नयाँ राष्ट्रिय झण्डा राखिएका छन । निर्माणाधिन अछाम दरवारमा १ बर्ष अगाडि केही युवाहरूको स्वतस्फूर्त रुपमा राखेका राष्ट्रिय झण्डा राखेका थिए ।

१ बर्ष पहिले राखिएका राष्ट्रिय झण्डा च्यातियर पनी कसैले वास्ता नगरेको बारे फाल्गुण २३ गते निराकरण खबरमा अछाम दरवारमा राखिएका राष्ट्रिय झण्डाको बिजोग भन्ने समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशित भए पछि निर्माणाधिन अछाम दरवारमा १४ नयाँ राष्ट्रिय झण्डा फहराईएको छ ।

मंगलसेन नगरपालीकाले भुत्तानी गर्ने गरि मंगलसेनको एक युवा क्लबले अछाम दरवारमा राष्ट्रिय झण्डा पुरानो च्यातिएको हटायर नयाँ राखेको मंगलसेन नगरपालीका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले बताए ।

 

 

 

 

फाल्गुण २३ गते निराकरण खबरमा प्रकाशित समाचार

अछाम दरवारमा राखिएका राष्ट्रिय झण्डाको बिजोग

तपाईको प्रतिक्रिया