तारामान खड्का अछाम:अछाम सदरमुकाम मंगलसेनमा रहेको ऐतिहासिक मंगलसेन दरवारमा राखिएका राष्ट्रिय झण्डाको हरिबोजोग भएको छ। निर्माणाधिन अछाम दरवारमा १ बर्ष अगाडि केही युवाहरूको स्वतस्फूर्त रुपमा राखेका राष्ट्रिय झण्डा अहिले च्यात्तिएका छन। गत बर्ष राखिएका १४ राष्ट्रिय झण्डा मध्ये अहिले ५ झण्डानै छैनन् , बाकीँ रहेका ९ राष्ट्रिय झण्डा च्यात्तिएका अवस्थामा रहेका छन।
मुलुकी अपराध संहिताको दफा १५१ मा राष्ट्रिय ज्ञान, झण्डा वा निशान छापको अपमान गर्नेलाई तीन वर्षसम्म कैद र तीस हजारसम्मको जरिवाना हुने उल्लेख गरिएको छ। संहिताको १५१ मा भनिएको छ, झण्डाको अपमान वा क्षति गर्न नहुने (१) कसैले नेपाल वा नेपाल सरकार बिरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झण्डा जलाउन, त्यसको जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा त्यस्तो गान, झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न हुँदैन। (२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।

तर अछाम दरवारको प्राङ्गणमा राखिएका राष्ट्रिय झण्डाको बेहाल हुदाँ समेत मंगलसेन नगरपालिका र कानुनको पालना गर्नुपर्ने कुनै पनि सरकारी निकायले यी झण्डा फेर्न कुनै पहल गरेका छैनन् ।अछामका प्रमुख जिल्ला बिश्वराज मरासैनीले भने म बुझ्छु कसले किन राखेका थिए,बुझ्ने बताए ।










