Advertisement
SKIP THIS
दलित समुदायका एक जनालाई अश्लिल शब्द गाली गर्ने अखिल क्रान्तिकारी बाजुराका अध्यक्ष खेमराज साउँद पक्राउ

बाजुरा: नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी बाजुराका अध्यक्ष खेमराज साउँदलाई पक्राउ गरिएको छ।

३ दिन पहिले दलित समुदायका एक जनालाई अश्लिल शब्द प्रयोग गरेर गाली गरेको अडियोसहित उजुरी आएपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी धनदेव साउँदले बताएका छन्।

बडीमालिका–५ घर भएका साउँद मंगलबार राति मार्तडी बजारबाट पक्राउ परेका हुन्। पक्राउ परेका साउँदलाई जातीय छुवाछुत अन्तर्गत कसुरमा मुद्दा अगाडी बढाई म्याद थप भइसकेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया