Advertisement
SKIP THIS
राष्ट्रियता भन्दा सरकार ठूलो नभएका कारण गठबन्धन तोड्न तयार हुनुपर्छ , केन्द्रिय कमिटी सदस्य कुँवर

अछाम:नेकपा (एकीकृत समाजवादी) केन्द्रिय कमिटी सदस्य शेरबहादुर कुँवरले जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरीनु पर्ने धारणा व्यक्त गरेका छन । नेकपा (एकीकृत समाजवादी) को साँफेबगर नगर संगठन कमिटीको प्रथम विस्तारित बैठकमा बोल्दै केन्द्रिय कमिटी सदस्य कुँवरले राष्ट्रियताभन्दा सरकार ठूलो नभएका कारण गठबन्धन तोड्न पार्टी तयार हुनु पर्ने बताए ।तर, एमसिसी कुनै पनि सर्त वा बहानामा अघि बढ्नै दिदैनौँ,राष्ट्रियसभा सदस्यसमेत रहेका कुँवरले भने ।

अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० सम्झौओताका विषयमा राष्ट्रिय सहमति जुट्नुपर्ने नभए संसदबाट पारित हुन नसक्ने बताए ।सत्ता गठबन्धनको नेतृत्व गर्दै आएको नेपाली कांग्रेसले एमसीसी संसदबाट पारित हुनुपर्नेमा जोड दिदै आएपनि यो यस विषयमा गठबन्धनभित्र छलफल र सहमति नजुटेका कारण संशोधन र परिमार्जन नगरि अगाडि बढाउन नसकिने केन्द्रिय सदस्य कुँवरको भनाई रहेको छ ।

केन्द्रिय सदस्य कुँवरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रतिगमनका विरुद्ध र लोकतन्त्रको रक्षाको लागि एमालेबाट विद्रोह गरेर समाजवादी पार्टीको निर्माण भएको बताए । करिब दुई तिहाई नजिकको कम्युनिष्ट पार्टीको सरकार केपी ओलीका कारण समाप्त भएको दावि गरे ।

यस्तै बैशाख ३० गते हुन गैरहेको निर्वाचनमा जितको लागि सम्पुर्ण नेता कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्नको लागि निर्देशन समेत दिए । आगामी निर्बाचनमा एकीकृत समाजवादी एक्लै चुनाव लड्न समेत तयार रहेको धारणा व्यक्त गर्नुभयो । नगर संगठन कमिटीको प्रथम विस्तारित बैठकमा केन्द्रिय सदस्य एवम् अछाम ईन्चार्ज कुलबहादुर कुँवर, केन्द्रिय सल्लाहकार परिषदका सदस्य लगाएतको सहभागिता रहेको थियो

तपाईको प्रतिक्रिया