Advertisement
SKIP THIS
गायिका रेखा जोशी मर्यादित महिनावारी सद्भावना दूतमा नियुक्त

धनगढी:लोक तथा देउडा गायिका रेखा जोशीलाई सुदूरपश्चिम प्रदेशका लागि मर्यादित महिनावारी सद्भावना दूतमा नियुक्त गरिएको छ । खानेपानी तथा सरससफाइको क्षेत्रमा काम गर्दै गाएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले जोशीलाई पाँच महिनाका लागि महिनावारी सद्भावना दूतमा नियुक्त गरेको जनाएको छ ।

परियोजनाका सामाजिक तथा संस्थागत विकास विज्ञ राजु तिरुवाले जोशीलाई सुदूरपश्चिम प्रदेशमा व्याप्त छाउपडी प्रथाबारेको कुसंस्कार र अन्धविश्वास चिर्न सांगीतिक अभियान सञ्चालन गर्नेगरी दूतमा नियुक्त गरेको जानकारी दिए ।

नेपाल सरकार र फिनल्याण्ड सरकारको संयुक्त लगानीमा सञ्चालन भइरहेको परियोजनाले अहिले पाँच महिनाका लागि सद्भावना दूत नियुक्त गरेको बताउँदै उनले आवश्यकताका आधारमा समय थप गरिने जनाए ।

तपाईको प्रतिक्रिया