Advertisement
SKIP THIS
अछाममा  मंगल खबर सञ्चालनमा, नगरप्रमुख बोहराद्धारा कार्यालयको उदघाट्न

अछाम:मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले संचार माध्यामले निष्पक्ष भुमीका खेल्नुपर्ने बताएका छन।

देशको हरेक परिवर्तनमा संञ्चार माध्यामले जहीले पनी भुमीका खेल्दै आएकाले दायित्वबाट पछी नहटन आग्रह गरे । मंगल मिडिया नेटवर्क प्रालिद्धारा संञ्चालित मंगलखबर डटकमको मंगलसेनमा कार्यालय उदघाटनमा प्रमुुख अतिथीको आशनबाट बोल्दै नगरप्रमुख बोहराले सही, सत्य र तथ्य सुचना नागरिकले पाउने आशा जहीले पनी गर्न भएकाले त्यसतर्फ बढी जोड दिन आग्रह गरे । प्रजातन्त्र दिवसको अवसरमा नयाँ अभियानको सुुरुवात मंगलखबर डटकले गरेकाले निरन्तर प्रगतीको शुुभकामना ब्यक्त गरे ।

मंगल मिडिया नेटवर्कका अध्यक्ष होम बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले प्रजातन्त्र तथा निर्वाचन दिवसको दिन मंगलखबर डटकम नयाँ आयाम साथ आएकाले सफलताको शुुभकामना ब्यक्तगरेका थिए । जिल्लाको समग्र बिकासका लागि संञ्चार माध्यामको समेत भुमिका हुने भएकाले हरेक संञ्चारकर्मिलाई सकारात्मक सुचना सम्प्रेषण गर्न आग्रह गर्नु भयो । समाज परिवर्तन, बिकास निर्माणका कार्यले फडको मार्नका लागी समेत संञ्चार माध्यामले सहयोग गर्नु पर्ने बताए ।

कार्यक्रमका अतिथी नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बोहराले तंथ्यमा टेकेर, सत्यमा लेखेर, भरपर्दो तथा विश्वासिलो सुचनाको माध्याम संञ्चार माध्याम बन्नुपर्नेमा जोड दिनु भयो । आगामी दिनमा आफ्नो साथ सहयोग रहने प्रतिबद्धता जनाउदै सफलताको शुुभकामना ब्यक्त गरे । एमाले अछामका सचिव भीम बहादुर रावल कालोटोपीले समाजमा रहेका घटित विभिन्न खालका घटनाहरुलाई सही सुचना मार्फत सम्प्रेषण गर्नुपर्ने बताए।

नेपाली काग्रेसका पुर्व पार्टी सभापति एव महासमिति सदस्य पुस्प बहादुर शाहले स्वतन्त्र र तथ्यपरक पत्रकारीताले जहीलेपनी सफलता हासिल गर्ने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे । कार्यक्रमका अतिथी नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य लोक बहादुर बोगटीले समाजमा लुकेर रहेका घटनालाई खोज पत्रकारीताको माध्यामबाट बाहीर ल्याउनुु पर्ने बताउनु भयो । नयाँ नयाँ प्रविधी प्रयोगमा आईरहेकाले डिजिटल पत्रिकाको युुग आगामी दिनमा सफल बन्दै जाने बताए ।

नेकपा एकिकृत समाजवादीका जिल्ला कमिटी उपसचिव नयन बहादुर सोडारीले समाजका विकृती, विसंगती विरुद्ध संञ्चार माध्यामले आवाज उठाउनुपर्नेमा जोड दिनुु भएको थियो । कार्यक्रममा अछामका प्रहरी प्रमुुख डिएसपी रविराज थपलिया, मंगलसेन नगरपालिका वडा नम्बर ४ का अध्यक्ष पदम बहादुर धामी, अन्तरपाटी महिला संजाल अछामका अध्यक्ष बिन्दु रावल, मंगलसेन नगरपालिकाका सुचना अधिकारी विष्णुु प्रसाद जैसीले शुुभकामना ब्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया