Advertisement
SKIP THIS
अछाममा अटो चालकक‍ो ज्यादती,बिना अनुमति चलाउन पाउनुपर्ने भन्दै सडक अबरुद्ध

निराकरण सम्वाददाता अछाम:अछाममा अटो चालकले कानुन बिपरित अटो रेक्सा चलाउन पाउनुपर्ने भन्दै सडक अबरुद्ध गरेका छन् ।बिहिबार साफेबगरबाट १३ र मंगलसेबाट ४ अटो रिक्सा नियन्त्रणमा लिईएको बिरोधमा उनिहरुले शुक्रबार साझँ बुढीगंगा पक्की पुल नजिक साफे मार्तडी, साफे मंगलसेन सडक अबरुद्ध पारेका हुन्।

शुक्रबार साझँ १२ जना जति अटो चालकहरूले सडकमा टायर बाल्दै, ढुंगा मुढा तेर्साएर सडक अबरुद्ध पारेका थिए । अबरुद्ध पारेको सडकलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलिले बल प्रयोग गर्दै सुचारु समेत गरिसकेको जिल्ला प्रहरी कार्यलय अछामका प्रहरी प्रमुख प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रविराज थपलियाले बताए । नियन्त्रणमा लिईएका अटो चालकले सडक अबरुद्ध पार्दा केही समय सवारी आवागमनमा रोकिएको थियो ।

अटो रिक्साहरुले सबारी साधनको दर्ता, बाटो इजाजत पत्र र चालक अनुमतिपत्र लगायत कुनै कागज पत्र नभएको , गैरकानुनी रुपमा चलाइएकोले बिहिबार साफेबगरबाट १३ र मंगलसेबाट ४ अटो रिक्सा गरि १७ अटो रिक्सा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अछाम सञ्चालन भईरहेका अटो रिक्साहरु कानुन बिपरित सञ्चालन भईरहेका,तिब्र गतिमा चलाउने ,मनपरि भाडा असुल्ने लगायतका जन गुनासो बढ्दै गएपछि जिल्ला प्रहरी कार्यलय अछामले सक्रियता देखाएको छ।

तपाईको प्रतिक्रिया