Advertisement
SKIP THIS
अछाममा एकै दिन १७ अटो रिक्सा प्रहरी नियन्त्रणमा

निराकरण सम्वाददाता अछाम:अछाममा एकै दिन १७ अटो रिक्सा प्रहरीले  नियन्त्रणमा लिएको छ। बिहिबार जिल्लाको साफेबगरबाट १३ र मंगलसेबाट ४ अटो रिक्सा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय अछामका  प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रविराज थपलियाले बताए ।

अटो रिक्साहरुले सबारी साधनको दर्ता, बाटो इजाजत पत्र र चालक अनुमतिपत्र लगायत कुनै कागज पत्र नभएको , गैरकानुनी रुपमा चलाइएकोले नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक रविराज थपलियाले बताए ।

अछाम सञ्चालन भईरहेका अटो रिक्साहरु तिब्र गतिमा चलाउने ,मनपरि भाडा असुल्ने लगायतका जन गुनासो बढ्दै गएको थियो ।

तपाईको प्रतिक्रिया