Advertisement
SKIP THIS
धनगढी अत्तरिया सडकमा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु

धनगढी : धनगढी-अत्तरिया ६ लेन सडकमा डिभाइडरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोदावरी नगरपालिका-५ का अन्दाजी ३१ वर्षीय दलबहादुर भट्टराई रहेको प्रहरीले बताएको छ।

बुधबार अत्तरियाबाट धनगढी आउँदै गरेको से५प ३९४६ नम्बरको मोटरसाइकल धनगढी उपमहानगरपालिका-१३ स्थित ६ लेन सडकमा राखिएको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका भट्टराईको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा हिजो बेलुका नै मृत्यु भएको बताइएको छ।

तपाईको प्रतिक्रिया