Advertisement
SKIP THIS
सभापती देउवाद्धारा निवार्चनको तयारीमा जुट्न नेता–कार्यकर्तालाई निर्देशन

काठमाण्डौ:प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो जेठ ५ गतेअघि नै स्थानीय तहको चुनाव सम्पन्न हुने भन्दै तयारीमा लाग्न आफ्नो पार्टी नेपाली कांग्रेसका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन ।

नेपाली कांग्रेस वाग्मती प्रदेशका पदाधिकारीसँग भएको भेटमा प्रधानमन्त्री देउवाले जेठ ४ गते वा त्योभन्दा अघि नै एकै चरणमा स्थानीय तहको चुनाव गर्ने भन्दै तयारीमा लाग्न निर्देशन दिनुभएको भेटमा सहभागी नेता मोहनबहादुर बस्नेतले जानकारी दिए ।

यसैबीच स्थानीय तहको चुनावबारेमा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका प्रतिनिधिबीच छलफल हुँदैछ । उहाँले चुनावबारेमा छलफल गर्नका लागि आयोगका पदाधिकारीलाई आज मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाए ।

गएको शनिवार बसेको सत्तारुढ गठबन्धनको बैठकले स्थानीय तहको चुनाव जेठभित्रै गर्ने निर्णय गरेको थियो । स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार आउँदो जेठ ५ गते देशभरका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुने भएकाले त्यसअघि चुनाव गर्नुपर्ने निर्वाचन आयोगले बताउँदै आएको छ ।

तपाईको प्रतिक्रिया