Advertisement
SKIP THIS
अछामका १० वटै स्थानीय तहमा कांग्रेसको पालिका अधिवेशन

अछाम: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज अछामका १० वटै स्थानीय तहमा पालिका अधिवेशन हुने भएको छ ।

नेपाली कांग्रेसले ९१ वटै वडाका अधिवेशन र क्षेत्रीय प्रतिनिधि छनोट गरिसकेका कारण १० वटै स्थानीय तहका पालिकामा अधिवेशन हुन लागेको नेपाली कांग्रेस अछामका सचिव भरत कुमालले दिए।

 उनका अअनुसार ढकारी गाउँपालिकाका अध्यक्ष धनबहादुर वुढा गाउँ कार्यसमितिको सभापतिमा निर्विरोध चयन भईसकेका छन् । मंगलसैन नगरपालिकामा झपट रावल र कमलवजार नगरपालिकामा पदम भण्डारी निर्विरोध चयन भईसकेका छन।

यस्तै पन्चदेवल विनायक नगरपालिका र तुर्माखाँद गाउँपालिकामा निर्विरोध सभापति चयन लागि प्रयास भईरहेको छ ।

यता क्षेत्र नं.१ का कुनै पनि पालिकामा अहिलेसम्म सभापति निर्विरोध चयन भईसकेका छैनन्। साँफेबगर नगरपालिकाको नगर सभापतिको लागि त्रिपुरा सुन्दरी वहुमुखी क्याम्पसका स्ववियु सभापति भीमबहादुर कुँवर, लालबहादुर कुँवर, चेतमान विक्रम शाह, सेतमान कुँवर प्रतिस्पर्धामा रहेका छन् । 

चौरपाटी गाउँपालिकामा वर्तमान सभापति गणेश शाह र धर्म साउदले आफुलाई सभापतिको रुपमा प्रतुत गरिरहेका छन।

मेल्लेख, रामारोशन, बान्नीगढी गाउँपालिकामा नेतृत्व सर्वसम्मत रुपमा चयनको लागि छलफल भईरहको नेपाली काँग्रेस अछामले जनाएको छ।

तपाईको प्रतिक्रिया