Advertisement
SKIP THIS
पहिरोमा परी डोटीमा थप दुई जनाको मृत्यु

डोटीः डोटीमा पहिरोमा परी थप दुई जनाको मृत्यु भएको छ।

लगातारको वर्षाका कारण पहिरो खस्दा विहिबार जिल्लाका दुई बालबालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख दानबहादुर मल्लाका अनुसार पहिरामा परेर मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–५ का ७ वर्षीय बालक बिनोद भण्डारी र ११ वर्षीया बालिका जेनिषा विष्ट रहेका छन्।

गाउँ नजिकैको चिसापानी भन्ने ठाउँ बाख्रा चराउन गएका बेला उनीहरू पहिरामा पुरिएका थिए।

दिउँसो पानी परेपछि ओत लाग्न ओडारमा बसेको बेला ओडार माथीबाट पहिरो खस्दा उनीहरू च्यापिएका थिए। च्यापिएको खबर थाहा पाएपछि नेपाल प्रहरी, स्थानीयवासी उक्त स्थानमा पुगी पहिरो पन्छ्याएर निकाल्दा उनीहरूको मृत्यु भइसकेको थियो।

यसअघि बुधबार डोटीको केआइसिंह गाउँपालिका–३ बासुदेबी देउकाँडाका ६५ वर्षीय खडकबहादुर बमको पहिरोले पुरिएर ज्यान गएको थियो।

जिल्लामा पहिरामा परेर हालसम्म तीन जनाको ज्यान गइसकेको छ।

तपाईको प्रतिक्रिया