निराकरण सम्वाददाता अछाम :गए राति देखि परेको अबिरल बर्षाका कारण बुढीगंगा र कैलास खोलमा आएको बाढीले तटीय क्षेत्रमा कटान सुरु गरे सङ्गै बाढी बस्तिमा पस्ने जोखिम बढेको छ।
गत बर्ष आएको बाढीले कटान गरेको क्षेत्रमा कुनै रोकथाम नहुदा एकै दिनको बाढीले जोखिम बढाएको साफेबगर नगरपालिका वडा नं ४ पुल बजारका दिपक खड्काले बताए ।
गत बर्ष कटान गरेको ठाउँमा तटबन्धको समयमै कुनै पहल नहुदा नदि बस्तीमा पस्ने सम्भावना बढ्दै गएको छ।
साफेबगरको नर्सरी क्षेत्र साफेबगर नगरपालिकाले केही रोकथामको प्रयास गरेपनि नगरको बजेट नसकिने हुदा समयमै केन्द्र सरकार र प्रदेश सरकारलाई गुहारे पनि केन्द्र सरकारले कुनै वास्ता नगरेको साफेबगर नगरपालिका नगर प्रमुख कुल बहादुर कुवरले बताए ।
बर्षा सुरु भएपछि अार्थिक बर्षको अन्तमा सुदूरपश्चिम सरकारले बुढीगंगा नदिमा तटबन्धको लागि १ करोड ४० लाख र कैलास खोलामा तटबन्धको लागि २ करोड ५० लाख पठाएको बुझिएको छ। गत बर्ष कैलास खोलामा आएको बाढीले बस्ति सहित प्रयटकिय क्षेत्र रामारोशन जाने सडक तहस नहसका साथै बाढीका परेर १७ जनाले ज्यान गुमाएका थिए।
बर्षा सुरु भएपछि अार्थिक बर्षको अन्तमा सुदूरपश्चिम सरकारले बुढीगंगा नदिमा तटबन्धको लागि १ करोड ४० लाखको हरदम गुणस्तरीय काम गरि नदि कटानका साथै बाढी नियन्त्रणमा खर्च गरिने साफेबगर नगर प्रमुख कुल बहादुर कुवरले बताए । आगामी ३ दिन सम्म पानी पर्ने जल तथा मौसम बिभागले जनाएको छ।