Advertisement
SKIP THIS
एमाले सुदूरपश्चिमको प्रमुख सचेतकमा  दुर्गाकुमारी बिक

धनगढी : नेकपा एमाले सुदूरपश्चिमको प्रमुख सचेतकको जिम्मेवारी प्रदेशसभा सदस्य दुर्गाकुमारी बिकलाई दिइएको छ। संसदीयदलका नेता प्रकाशबहादुर शाहले बिकलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्।

प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले सम्पूर्ण सेवा सुविधा पाउने गरी बिकलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको जानकारी सचिवालयमा प्राप्त भएको बताए।

यसअघि एमाले संसदीयदलले तत्कालीन प्रमुख सचेतक तारा लामा तामाङलाई हटाएर लालबहादुर खड्कालाई नियुक्त गरिएको थियो। तर उनी सामाजिक विकासमन्त्री बनेपछि पार्टीकी सचेतकसमेत रहेकी बिकलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको एमाले संसदीय दलले जनाएको छ।

तपाईको प्रतिक्रिया