Advertisement
SKIP THIS
बान्नीगढी गाँउपालिका अध्यक्ष खड्काले ल्याए, आफु चढ्न गाडि बिरामीको प्रयोगमा

अछाम : बान्नीगढी जयगढ गाँउपालिकाका अध्यक्ष राजेन्द्र खड्काले गाँउपालिकाको गाडीलाई बिरामीको प्रयोगका लागि दिएका छन् । उनले गाँउपालिकाले प्रयोग गर्दै आएको गाडी कोरोना संक्रमित बिरामीको लागि दिएका हुन् ।

अध्यक्ष खड्काले आफुले प्रयोग गर्दै आएको गाडी निषेधाज्ञाको अवधिभर बिरामी बोक्ने प्रयोजनको दिने निर्णय गरेका हुन् । गाँउपालिकाका बिरामीलाई जिल्ला बाहिर नेपालगञ्ज, धनगढी वा जिल्ला भित्रै बयालपाटा अस्पताल तथा जिल्ला अस्पताल लैजानु परे आफ्नो गाडी दिने उनले बताए ।

गाँउपालिकाले यसअघि एक गाडी भाडामा लिएर भएपनि बिरामीलाई बोक्न प्रयोग हुदैँ आएको छ । अध्यक्ष खड्काले पालिकाका वडा देखि गाँउ टोलबाट बिरामी लिएर अस्पताल पुर्याउन गाडी भाडामा लिएर जनतालाई निशुल्क सेवा दिएको बताए ।

कोरोना रोकथाम र नियन्त्रण गर्न गाँउपालिका क्रियाशिल रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया