Advertisement
SKIP THIS
अछामी लघु चलचित्र “संशय” सार्वजनिक (चलचित्र सहित)

कमल रावल,अछाम:निर्माता तथा निर्देशक गणेशजंग रावललको अछामी लघु चलचित्र “संशय” सार्वजनिक भएको छ ।

अछाम जिल्ला मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउ घर भएका रावलले निर्माण गरेको लघु चलचित्र सोमबार सार्वजनिक भएको हो । अछामका नागरिकका ज्वलन्त समस्याको परिबेश समेटेर तयार पारिएको चलचित्र भेडापानी ईन्टरटेन्मेण्ट युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।

निर्देशक रावलले आफुले अध्ययन गर्ने कलेजको प्रोजेक्टमा अछामको बिषयबस्तु समेटेर अछाममै लघु चलचित्र तयार पारेको बताएका हुन् । किपालय प्रोडक्सन र भेडापानी ईन्टरटेन्मेण्टको प्रस्तुतीका रुपमा सार्वजनिक भएको “संशय” रावलकै कथा तथा निर्देशन छ । बिशेष गरि चलचित्रमा पहीलोको समयमा समस्याको रुपमा रहेको एचआईभि एड्सको बिषय वस्तुलाई दर्शाईएको छ ।

सोच चलचित्रमा बर्सौ पछि बम्बैबाट काम गरेर घर आएको श्रीमानलाई एचआईभि एड्स लागेको संका लागेपनि श्रीमान स्वीकार गर्न तयार नभएपछि रमिला र उसको श्रीमान बीच द्वन्द सृजना हुन्छ । आफ्नो श्रीमानलाई एड्स लागेको होकी होईन भनेर पुष्टी गर्नका लागी अस्पताल जान खुशी पार्न रमिलाले हरदम प्रयास गएिको चित्रण गरिएको छ । अछामको कालीमाटीमा छायांकन भएको चलचित्रमा मुख्य पात्रका रुपमा भिष्म जोशी र शुसिला खड्का रहेका छन् । रावल र नव विजय श्रेष्ठले निर्माण गरेको “संशय” विभिन्न चलचित्र महोत्सवमा छनोट भएको थियो ।
चलचित्रको पुरा भिडियोः

तपाईको प्रतिक्रिया