Advertisement
SKIP THIS
के हो  नेपालमा देखिएको डबल म्युटेन्ट’ भाइरस

काठमाडौं : नेपालमा पनि कोरोना भाइरसको ‘डबल म्युटेन्ट’ भाइरस फेला परेको छ।

हाल भारतका विभिन्न ठाउँमा यो भेटिए पनि नेपालमा भने पहिलो केस हो। ललितपुरका एक ५९ वर्षीय पुरुषमा कोरोनाको यो भाइरस फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले बताएका छन्।

महाशाखाका अनुसार ललितपुरका ५९ वर्षका पुरुषमा डबल म्युटेन्ट भेरियन्ट पुष्टि भएको छ। नेपालमा देखिएको भाइरस भारतबाट आएको हो वा नेपालमा नै म्युटेन्ट भएको हो भन्ने विषयमा थप अध्ययन भइरहेको इडिसिडीले जनाएको छ।

महाशाखाका अनुसार हङकङमा स्विक्वेन्सिङका लागि पठाइएका १५ वटा नमुनामध्ये एक जनामा यो पुष्टि भएको बताइएको छ। हाल उनको कन्ट्याक ट्रेसिङको कामसमेत भइरहेको छ।

कोरोनाको एकै भाइरसको स्वरुप दुई प्रकारमा देखिनु हो। डबल म्युटेन्ट भेरियन्ट एक जनामा पुष्टि भएसँगै नेपालमा पनि समुदायस्तरमा कोरोनाका भेरियन्ट पुगिसकेको पुष्टि भएको स्वास्थ्यका अधिकारीहरु बताउँछन्।

के हो डबल म्युटेन्ट’ भाइरस?

एउटै भाइरसमा वास्तविक स्वरुप परिवर्तन भई बनेको दुई प्रकारको स्वरुप देखिनुलाई ‘डबल म्युटेन्ट’ भनिन्छ। यसमा एकै भाइरसको स्वरुप दुई प्रकार देखिने गर्छ।

जुन कोरोनाको होल जिन स्वीक्वेन्सिङबाट पत्ता लाग्छ। भाइरसहरूको स्विक्वेन्स अर्थात् नम्बर हुन्छ। सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार स्वरुप परिवर्तन भएर देखिएको भाइरस झन् संक्रामक हुन्छ।

‘डबल म्युटेन्ट भेरियन्टहरु तीव्र रुपमा फैलने र रोगप्रतिरोधात्मक क्षमता धेरै भएको हुन सक्छ। अहिले भारतमा देखिएको नयाँ भेरियन्ट पनि यस्तै छ भनिएको छ। त्यसैले हामीले बेलैमा सतर्कता अपनाउनु राम्रो हुन्छ।‘

यो केही बढी संक्रामक पनि हुने र कुनै नहुने हुँदा भाइरसको विकास कसरी भएको भनेर अध्ययन गर्नुपर्ने त्रिभुवन विश्वविद्यालय अनुवांशिक वैज्ञानिक डा गिरिराज त्रिपाठी।

त्रिपाठी भन्छन्, ‘यो भन्ने बित्तिकै सबै संक्रामक हुन्छ भन्ने हुँदैन, यो कसरी विकास भएको छ भन्ने कुराबाट कत्तिको संक्रामक छ भन्ने हुन्छ। तर भाइरसले हाम्रो समुदायमा आफूअनुकुल स्वरुप परिवर्तन गरेको रहेछ भन्ने कुराको भने यसबाट पुष्टि हुन्छ।’

तपाईको प्रतिक्रिया