Advertisement
SKIP THIS
कैलाली सहित १४ जिल्ला कोरोना प्रभावित,अति जोखिम क्षेत्रमा

काठमाडौं: सरकारले कैलालीसहित १४ जिल्लालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अति प्रभावितमा क्षेत्रमा राखेको छ। 

कैलालीसहित काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयले ती क्षेत्रमा बालबालिकालाई विद्यालय नपठाउन समेत अपील गरेको छ।

कोरोना संक्रमण तीव्र गतिमा बढेका कारण १४ जिल्लालाई अति प्रभावित क्षेत्रमा राखिएको मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले बताए। 

तपाईको प्रतिक्रिया