Advertisement
SKIP THIS
पत्रकार दिलबहादुर छत्याललाई कोरोना संक्रमण

धनगढीः धनगढीका पत्रकार दिलबहादुर छत्याललाई कोरोना संक्रमण पुस्टि भएको छ।

केही दिनदेखि ज्वरो आउने लक्षण देखिएको उनलाई कोरोना संक्रमण पुस्टि भएको हो।

स्वास्थ्यमा समस्या आएपछि उनले बैशाख १ गते सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा जाँच गराउँदा कोरोना संक्रमण देखिएको छ।

आफ्नै घरको आइसोलेसनमा रहेका पत्रकार छत्यालले हाल आफ्नो स्वास्थ्य अवस्था सामान्य भएको बताएका छन्। नागरिक दैनिकमा कार्यरत पत्रकार छत्यालले आफ्नो सम्पर्क रहेकाहरुलाई स्वास्थ्य जाँच गराउँन समेत आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया