Advertisement
SKIP THIS
२ बर्षमा सम्पन्न गर्नुपर्ने चित्रे पुल ८ बर्षमा समेत बन्न सकेन

निराकरण सम्वाददाता अछाम :२ बर्षमा सम्पन्न गर्नुपर्ने चित्रे पुल ८ बर्षमा समेत सम्पन्न भएको छैन । अछामको बहुचर्चित तथा बहुप्रतिक्षित चित्रे पुल निमार्ण कार्य ८ बर्षमा समेत निर्माण सम्पन्न हुन नसकेको हो। सेती लोकमार्गबाट जिल्ला सदरमुकाम मंगलसैन जोड्ने पक्की पुल ८ बर्षमा समेत निर्माण सम्पन्न हुन नसकेको हो।

८ बर्षमा पुलको लगभग ९० प्रतिशत सकिएको निर्माण कम्पनीले जनाएको छ। पुल चाडो सम्पन्न गराउन अहिलेसम्म विभिन्न क्षेत्रबाट कयौ पटक अनुगमन भईसकेको छ।

२२ महिना भित्र सक्ने गरी २०७० सालमा तत्कालिन जिल्ला बिकास समितिसंग सम्झौता चित्रे पुलको सम्झौता भएको थियोे । मुख्य ठेकेदार अनक कन्ट्रक्सन रहेकोमा पेटी ठेक्का पाएको नन्देगडा कन्ट्रक्सनले काम गरिरहेको थियोे । हाल पेटी ठेक्का पाएको नन्देगडा कन्ट्रक्सनले काम सम्पन्न गर्न नसकेपछि अहिले मुख्य ठेकेदार अनक कन्ट्रक्सनको निगरानीमा काम भईरहेको छ ।

कुल ७ करोड २९ लाखमा पुलको काम सम्पन्न हुन लागेको अनक कन्ट्रक्सनका प्रतिनिधि राम प्रसाद न्यौपाने बताए। तत्कालीन जिल्ला बिकास समिति भङ्ग भएपछि अहिले साँफेबगरमा रहेको पुर्वाधार कार्यालय मार्फत पुलको काम भईरहेको छ।

तपाईको प्रतिक्रिया