काठमाडौँ :कोरोना महामारी (कोभिड–१९)ले ‘ह्यान्ड सेनिटाइजर’ प्रयोग गर्न सिकायो तर यसको प्रयोग गर्न नजान्दा त्यसले पार्ने असरका बारेमा सायदै हेक्का राख्ने गरिएको छ ।
छालारोग विशेषज्ञ डा. मेलिना अमात्यले भनिन्, “कोरोना सङ्क्रमण मात्र नभएर विभिन्न सरुवा रोगबाट बच्न ह्यान्ड सेनिटाइजर प्रयोग गर्नु राम्रो हो तर सेनिटाइजर प्रयोग कस्तो बेला गर्ने र कस्तो बेला नगर्ने भन्नेबारे भने निकै ध्यान पु¥याउनुपर्छ ।”
हात धुन सम्भव भएको ठाउँमा सेनिटाइजरको प्रयोग गर्नु गलत बानी भएको बताउँदै उनले विभिन्न रसायन र अल्कोहल प्रयोग गरेर तयार गरिने सेनिटाइजरले कतिपय अव‚थामा हानि गर्ने बताइन् ।
डा. अमात्यले सेनिटाइजरको काम फोहोर हातलाई सफा गर्नु मात्र नभएको प्रस्ट पार्दै भनिन्, “हात फोहोर भएको बेला सेनिटाइजर होइन, साबुनपानीको प्रयोग गर्नुपर्छ ।सेनिटाइजर प्रयोग गरिएको २० सेकेन्डपछि मात्र कीटाणु मर्छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छन् ।