Advertisement
SKIP THIS
अछाम जिल्लामा पहिलो चरणमा ४ हजार बढिले कोरोना बिरुद्धको खोप लगाउन पाउने

निराकरण सम्वाददाता अछाम:
अछाम जिल्लामा पहिलो चरणमा ४ हजार ३ सय १ जनाले पहिलो चरणमा कोरोना बिरुद्धको खोप लगाउन पाउने भएका छ ।

सरकारले कोरोनाक‍ो भ्याक्सिन देश भित्र्याए पछि पहिलो चरणमा अछामका ४ हजार ३ सय १ जनाले पहिलो चरणमा कोरोना बिरुद्धको खोप लगाउन पाउने छन् ।

कोरोना महामारीको बिरुद्ध अग्र पङत्तिमा खटीरहेका जिल्लाका दशै वटै स्थानिय तहका स्वास्थ कर्मी, जिल्ला स्थित सुरक्षा कर्मी र शिक्षक हरु रहेका छन ।

जिल्लामा सबै भन्दा बढी मंगलसैन नगरपालिकामा ३ हजार ६ सय ८३ जना र सबै भन्दा कम ढकारी गाउँपालीकामा १ सय १२ रहेका छन।

यसैगरी बान्नीगढी जयगढ गाउँपालीकामा १ सय २१ जना साफेबगर नगरपालीकामा ३ सय ९१, मेल्लेख गाउँपालीकामा १ सय ४० चौरपाटी गाउँपालीकामा १ सय ६२ रामारोशन गाउँपालीकामा १ सय ४५ जना रहेका छन् ।

यस्तै कमलबजार नगरपालीकामा १ सय ५९ तुर्माखाँद गाउँपालिकामा १ सय ३६ र पञ्चदेवल बिनायक नगरपालीकाका १ सय ५७ जनाको बिवरण पठाईएको स्वास्थ कार्यालय अछामका नायब सुब्वा झपट बहादुर थापाले निराकरण खबरलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया